काठमाडौं । १३ वर्षअघि मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको शनिवार तेश्रो पटक ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल टोखामा हेमोडायलासिस गरिएको छ । यसअघि २ पटक कात्तिक १२ र १३गते प्रधानमन्त्रीको मृगौलाकोे हेमोडायलाइसिस गरिएको थियो । यसअघि राखिएको स्टेन्ट निकालिएको अस्पतालले जनाएको छ । प्
रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको दावी गर्दै अस्पतालकै विभागिय प्रमुख तथा नीजि चिकित्सक दिव्या सिंह शाह, ग्रान्डीका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे तथा अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका अध्यक्ष प्राडा प्रेमराज ज्ञवालीले विज्ञप्ति जारी गरेका थिए । मृगौलाकै कारण स्वास्थ्यमा समस्या देखिएपछि भदौमा सिंगापुरमा पुनः उपचार ओलीको त्यहाँ प्लाज्मा फेरोसिसको उपचार गराएको थियो ।
ओलीको नियमित डायलसिस गर्नुपर्ने चिकित्सकहरूले बताउँदै आएका छन्। चिकित्सक टोलीले प्रधानमन्त्रीको नियमित डायलासिस गर्ने कि पुनः प्रत्यारोपण गर्ने भन्ने विषयमा विशेषज्ञहरूसँग छलफल गरे पनि निर्णय गर्न सकेको छैन ।
शरिरका हरेक अंगहरुले राम्रोसँग काम नगरे पछि चिकित्सकहरुले ओलीलाई डायलसिस गर्नु नै उत्तम उपाय भनेर सुझाएका छन् । तर प्रधानमन्त्री ओलीको मृगौला पुन प्रत्यारोपण गर्न पाए हुने थियो भन्ने मनसाय रहेको बालुवाटार श्रोतले जनायो । केही चिकित्सकहरुले भने पुरानो मृगौलालाई ननकिकाली पुन अर्को मृगौला राख्न सकिने वारेमा छलफल चलाएका छन् ।
केहीले भने शरिर भित्रै उपकरण राखेर दैनिक जसो डायलसिस गर्न मिल्ने गरी उपायको वारेमा खोजि गरिरहेका छन् । उपचारको कुन उपाय उत्तम हुन्छ भन्ने विषयमा चिकित्सकको सल्लाह लिन ओली करिव दुई महिना बढी संयुक्त राज्य अमेरिका बस्नु पर्ने हुन सक्ने चिकित्सकहरुले अड्कल गरेका छन् । यसैसाता अमेरिका जाने विषयमा छलफल भइरहेको बालुवाटार श्रोतले जनायो ।
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...
काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...
काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...