सरकारको मन्त्रीमण्डलमा हेरफेर – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

सरकारको मन्त्रीमण्डलमा हेरफेर

काठमाडौं । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको मुख्य भागबन्डा गरेका छन् । पुराना नौ मन्त्रीमण्डल हटाएर मन्त्रिपरिषद् पुनर्गठन भएको छ । नेपाल कम्युनिष्ट पार्टीका मुख्य नेताहरूबीच भागबण्डा भएको छ ।

सबैभन्दा धेरै ओली निकट नेताहरू नयाँ मन्त्री भएर आएका छन् । प्रधानमन्त्री ओलीले आफू निकट २ लाई क्याबिनेट र २ जनालाई राज्यमन्त्री गरी ४ जनालाई मन्त्री बनाएका छन् ।

भौतिक योजना मन्त्री रघुवीर महासेठलाई हटाएर भौतिक योजना मन्त्री बनाएका बसन्त नेम्वाङ ओली र अर्का नेता सुवास नेम्वाङ निकट मानिन्छन् । महिला तथा बालबालिका मन्त्री थममाया थापालाई हटाएर नयाँ मन्त्री भएका पार्वत गुरूङ पनि ओली निकट हुन् । दोलखाबाट चुनाव जितेका उनी आफ्नो क्षेत्रमा निकै पकड बनाएका नेता हुन् ।

दोस्रो संविधानसभामा पनि उद्योग राज्यमन्त्री मोती दुगड पूर्वएमाले छिरेको पाँच वर्ष भयो । एमाले छिरेपछि केपी ओलीसँग नजिक भएका उनी समानुपातिक सांसद हुन् । तत्कालीन एमालेले पुरूषका लागि ४ जना समानुपातिक सांसद पाएको थियो । धेरै एमाले कार्यकर्तालाई उछिनेर मधेसी कोटाको पुरूष समानुपातिकमा मौका पाउने उनी भाग्यमानी हुन् ।

स्वास्थ्य राज्यमन्त्री बनाइएका नवराज रावत पनि ओली निकट पूराना नेता मानिन्छन् । उनले सुर्खेत क्षेत्र नम्बर दुईमा पहिलो पटक चुनाव जितेका हुन् । उनी पहिलो पटक सांसद बनेका हुन् । नयाँ मन्त्रीमध्ये प्रचण्डनिकट २ जना छन् । अघिल्लो मन्त्रिपरिषद्बाट मातृका यादव र चक्रपाणि खनाललाई हटाएर प्रधानमन्त्री ओलीले प्रचण्ड निकट लेखराज भट्ट र रामेश्वर रायलाई मन्त्री बनाएका छन् ।

२ वर्षअघिमात्रै विजय गच्छदारको तत्कालीन पार्टी लोकतान्त्रिक फोरमबाट तत्कालीन माओवादीमा छिरेका रामेश्वर राय प्रचण्डनिकट भएकाले मन्त्री हुन सफल भएका हुन् । ओलीले चार र प्रचण्डले दुई जना मन्त्री बनाउँदा बरिष्ठ नेता माधवकुमार नेपालनिकट एकजना मात्रै मन्त्री बनेका छन् ।

कृषि मन्त्री बनेका घनश्याम भूषाल नेकपाका स्थायी समिति सदस्य हुन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्री बनाइएका हृदयेश त्रिपाठीको नेकपाको राजनीतिमा कुनै इतिहास छैन । उनी तराई मधेस लोकतान्त्रिक पार्टीबाट पछिल्लो चुनावमा तत्कालीन एमालेको चिन्ह सूर्य लिएर उठेका थिए । जितेपछि उनी एमाले प्रवेश गरे ।

मधेसी नेताका रूपमा सधैँ चर्चा हुने उनलाई नेकपामा कुनै भूमिका दिइएको छैन । पार्टीमा भूमिका नभएका उनले सरकारमा पाएका छन् ।

मन्त्रिपरिषद पुनर्गठनमा वामदेव गौतमले पनि सानो भाग पाएका छन् । काठमाडौं–७ का सांसद रामवीर मानन्धरलाई उनको तर्फबाट सहरी विकास राज्यमन्त्री बनाइएको बालुवाटार स्रोतको दाबी छ। वर्ष दिनअघि नेता गौतमलाई सांसद बनाउन राजीनामा दिएर मानन्धर चर्चामा आएका थिए ।
यसअघि नै मन्त्री बनेकाहरूमध्ये प्रदीप ज्ञवाली, गोकुल बाँस्कोटा, युवराज खतिवडा, पद्मा अर्याल, जगतबहादुर विश्वकर्मा ओली समूहका हुन् ।

पूर्वमाओवादीबाट रामबहादुर थापा, बीना मगर, वर्षमान पुन, शक्तिबहादुर बस्नेत र गिरिराजमणि पोखरेल मन्त्री छन् । यीमध्ये पोखरेल नेता नारायणकाजी श्रेष्ठ निकट हुन् भने बाँकी सबै प्रचण्ड निकट हुन् । पछिल्लो समय थापा, पुन र बस्नेत धेरै तटस्थ रहँदै आएका छन् ।

नेता नेपाल पक्षबाट भने यसअघि मन्त्री बनेका योगेश भट्टराईले मात्र निरन्तरता पाएका छन् । नेपाल निकट मन्त्रीहरू लालबाबु पण्डित र गोकर्ण बिष्ट जिम्मेवारीमुक्त भएका छन् ।

सम्बन्धित समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
  • २०७६ मंसिर ५, १०: ३५

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७६ मंसिर ५, १०: ३५

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७६ मंसिर ५, १०: ३५

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...