
काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई नियुक्त गरिएकोमा असत्तुष्टि जनाउँदै त्यसका बिरुद्ध नेकपा एमालेका नेता तथा कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्।
थापाको नेतृत्वमा बनेको सरकार गठन प्रक्रिया असंवैधानिक भएको दाबीसहित निवर्तमान मुख्यमन्त्री कार्कीले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।
कोशी प्रदेशका सभामुख बाबुराम गौतम समेतको हस्ताक्षरमा प्रदेशका बहुमत सदस्य देखाउन कांग्रेस संसदीय दलका नेता थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।
थापाले बहुमत सदस्यको दाबी गरेसँगै विहीबार प्रदेश प्रमुख खापुङले थापालाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए भने आज विहान मुख्यमन्त्रीलाई सपथ खुवाएका थिए।
यसरी थापालाई मुख्यमन्त्रीमा नियुक्ति गर्ने प्रदेश प्रमुखको निर्णय खारेजीको मागसहित कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको तर्फबाट प्रमुख सचेतक रेवतीरमण भण्डारीसहितले सर्वोच्चमा दर्ता गराएका हुन्।
‘संविधानको धारा १६८(२) द्वारा निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ (३) अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेश जारी गर्न’ कार्कीले माग गरेका छन्।
संविधानको धारा १६८ को उपधारा (३) मा प्रदेशसभाको सबैभन्दा ठूलो दललाई सरकार बनाउने प्रवाधान रहेको छ।
सभामुख गौतमले समेत हस्ताक्षर गरेर संविधानको प्रक्रिया मिच्दै सरकार बनाइएकोले त्यसविरुद्ध सर्वोच्चमा रिट हालिएको एमालेले जनाएको छ।
रिट निवेदनमा निर्णायक अवस्था वा सरकार गठन प्रक्रिया संविधानको धारा १६८(५) मा पुगेको अवस्थामा मात्रै सभामुखको भूमिका सरकार गठनमा आउने दाबी गरिएको छ।
जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...