
नेपाली कांग्रेसको १ वर्षपछि केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ। यसबीच बैठकमा लैजाने एजेण्डामा छलफल गर्न पदाधिकारीहरुको बैठक बसिसकेको छ। १ वर्षपछि बस्ने बैठकमा के के एजेण्डाबीच छलफल होला भन्ने विषयमा आम केन्द्रीय सदस्यहरु नै अन्यौलमा छन्।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त सरकार ती दुइ दलबीचको आन्तरिक द्वन्द्वपछि सरकारबाट एमाले बाहिरिए पश्चात पाँच दलिय गठवन्धन सरकारलाई कसरी टिकाउने भन्नेमा पार्टीको ध्यान केन्द्रीत छ। साथै सात वटै प्रदेशको सरकार परिवर्तन र त्यसलाई व्यवस्थित गर्न नै पार्टीले कसरत गर्नु परेको छ। अझै प्रदेश तहमा सरकारले पूर्णता पाउन सकेको छैन। कहाँ कसलाई मुख्यमन्त्री बनाउने र कसरी संख्या पुर्याउने विषयमा नै पार्टीले समय खर्चिनु परेको छ।
गत वर्षको संसदीय निर्वाचनपछि नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा पार्टी सभापति शेर वहादुर देउवा र महामन्त्री गगन थापाबीच भएको निर्वाचनदेखि दुवैबीच सम्वन्ध सुमधुर भएको छैन। पछिल्लो समय त महामन्त्री गगन थापाले हाकाहाकी नै सार्वजनिक मन्चबाट संसदीय दलको नेता परिवर्तनको चर्को रुपमा उठाउनु भएको छ।
गगन थापाले यसरी उठाउनु भएको विषयमा भने वरिष्ठ नेता शेखर कोइरालाले समर्थन गरिसक्नु भएको छ। तथापी वरिष्ठ नेता कोइरालाले भने गगन थापाको बोलीमा आफ्नो मत नभएको कुरा आफ्ना निकटस्थहरुलाई वताई रहनु भएको छ।
थापाले पार्टी सभापति देउवाप्रति लक्षित गरेर आफ्ना भनाई राखिरहनुले पार्टीभित्र निकै हलचल मच्चिएको छ। थापाको भनाइलाई अर्का महामन्त्री विश्व प्रकाश शर्माको साथ र समर्थन रहेको वताइन्छ। महामन्त्री थापा र शर्मा पार्टीको आन्तरिक निर्वाचन र संसदीय निर्वाचन दुबैलाई लक्षित गरेर अगाडि बढ्न खोजेको देखिन्छ।
कांग्रेस पार्टीले कतिपय संस्थागत निर्णय गर्दै जानु पर्नेमा पार्टीको वैधानिक व्यवस्था विपरीत पार्टीका पूर्व र वर्तमान पदाधिकारीको बैठकबाट निर्णय गरिदै जाने पद्धतिले पार्टी दिनदिनै कमजोर हुँदै गएको महशुस गरिन थालेको छ।
पछिल्लो समय जिल्ला सभापतिहरुको बैठकमा पार्टी सभापति देउवा उपस्थित नहुनुले धेरैले अर्थपूर्ण रुपमा हेरिरहेका छन्। यद्यपि सभापतिहरुको भेला आगामी दिनहरुमा पार्टी कसरी अगाडि बढ्ने भन्ने विषयमा एउटा मार्गनिर्देश बन्ने देखिन्छ।
कांग्रेसको नवौ महाअधिवेशनपछि केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन। यसले पनि संगठन चुस्त दुरुस्त अगाडि बढ्न नसकेको कुरा सर्वविदितै छ। कांग्रेसको विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको महाधिवेशन हुन सकिरहेको छैन।
पार्टीको सबैभन्दा शक्तिशाली भ्रातृ संगठन नेपाल विद्यार्थी संघ, तरुण दलको महाधिवेशन गर्न नसकेर वर्षौ वर्ष तदर्थ समितिबाट संचालन भइरहेको छ। यसबाट संगठन मजवुत वन्न सकेको छैन। भ्रातृ तथा शुभेच्छुक संस्था नेताहरुका कोटका कार्यकर्ता झै भएका छन् ।
कतिपय भातृसंगठन त नाम मात्रका छन् भने कतिपय त विवादवीच नै सिंगो समिति छ। तिनीहरुको न बैठक न कार्यक्रम नै छ।
भाद्र महिनाभित्र कांग्रेसले नीति महाअधिवेशन गर्ने भएको छ। त्यो नीति महाधिवेशनमा अवको कांग्रेस कसरी अगाडि बढ्ने हो र जनता सामू पार्टीलाई कसरी अगाडि उभ्याउने हो पार्टी सामु निकै ठुलो चुनौति रहेको छ।
तसर्थ, जनतासंग कांग्रेस जोडिन, कांग्रेस भनेको के वृद्ध, के तरुण, के युवा, के विद्यार्थी, के बालक, के महिला, के मजदुर, के किसान, सबैको पार्टी हो भन्ने वनाउन अव कांग्रेसले नविनतम सोच र विचारबाट अगाडि बढ्नुको विकल्प छैन्। यसकालागि कांग्रेसले आफूहरुलाई परिमार्जित र परिष्कृत रुपले खरो ढंगबाट प्रस्तुत हुन जरुरी छ ।
यसो गर्दा कांग्रेस जनतासंग जोडिन्छ कि ?
– माध्यमिक तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क
– हिमाली र उच्च पहाडि क्षेत्रहरुमा आवासिय विद्यालयको स्थापना
– सबै अस्पतालहरुमा ६० वर्ष नाघेका नागरिकलाई औषधि सहितको निः शुल्क उपचार
– स्वच्छ पिउनेपानी ६०० लिटरसम्म मासिक रुपमा निः शुल्क,
– गरिवीको परिचय पत्र लिएका नागरिकलाई विजुली निःशुल्क
– किसानलाई मल, बिऊमा ५०% अनुदान
– बांझो रहेको खेतबारीमा सामुहिक खेती गर्ने युवाहरुलाई समुहगत ऋणको व्यवस्था ।
– रुघ्ण अवस्था रहेको उद्योग कलकारखानालाई निजीकरण वा अनुदानबाट संचालन गरेर रोजगारको व्यवस्था गर्ने,
– रोजगारको अवसर सृजना गर्न नयाँ नेपालमै उपयोगमा आउने कारखाना स्थापना गर्ने,
– युवा, महिला, तरुणहरुलाई रोजगारसँग जोड्ने कार्यक्रम संचालनमा ल्याउने,
– उत्खनन भएका खानी खनिजहरुको प्रयोग र बाँकी खानीहरु उत्खनन गरेर बजारीकरण गर्ने,
– भ्रष्टाचारका विषयमा खरो रुपमा उत्रन र सरकारलाई सहयोग गर्ने प्रतिवध्दता,
– ललिता निवास प्रकरणमा स्वतन्त्र रुपमा कानूनी रुपमा काम गर्न दिने,
– भर्खरै जन्मेका राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति जनताको आकर्षण र पुराना पार्टीहरुप्रतिको विकर्षण बारेमा कारणसहित समिक्षा गर्ने
– तल्लो तहदेखि माथिल्लो तहसम्म प्रशिक्षणको कार्यक्रम गर्न वार्षिक क्यालेण्डरको निर्माण,
– पार्टीबाट जितेका जनप्रतिनिधीहरुलाई जनतासंग जोडिने कार्यक्रम ल्याउन निर्देशन,
– भातृ तथा शुभेच्छुक संस्थालाई पुर्णता दिने र निश्चित अवधिभित्र महाअधिवेशन सम्पन्न गर्ने, नगरे निलम्वन गर्ने ।
तत्काल कांग्रेसले सरकार र जनतासँग, पार्टी नेतृत्व र कार्यकर्तासँग, जनप्रतिनिधि र मतदातासँग जोडिने कार्यक्रम नल्याउने हो भने पार्टीलाई गतिशिल चलायमान बनाउन विभिन्न सांगठनिक कार्यक्रम नवनाउने हो भने पार्टी दिनानुदिन खस्कने कुरामा कसैको दुइमत नहोला। यी माथिका विषयमाथि छलफल र वहस चल्नु पर्छ चलोस ।
काठमाडौं : बागमती प्रदेशमा सरकार गठनको समीकरण स्पष्ट हुँदै जाँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लिएको तटस्थ भूमिकाले कांग्रेस नेतृत्वको सरकार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जाजरकोट तथा रुकुम पश्चिमका भूकम्पपीडितको निजी आवास निर्माणसम्बन्धी विद्यमान व्यवस्था संशोधनको तयारी भइरहेको बताएका छन्...
काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बुधबार प्रदेश सभामा प्रस्तुत गरिएको...