कार्यकारीपछि प्रचण्डको सक्रियताले ईश्वरलाई सकस – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

कार्यकारीपछि प्रचण्डको सक्रियताले ईश्वरलाई सकस

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका पुष्पकमल दाहाल प्रचण्डको सक्रियताले नेकपा भित्र हलचल ल्याएको छ ।

पार्टी एकीकरण भएको एक वर्ष छ महिनापछि कार्यकारी अध्यक्षको भूमिका पाएका दाहालले पार्टी भित्रै असन्तुष्ट र विरोधी नेताको पहिचान बनाएका माधवकुमार नेपालदेखि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासाग भेट गरी सहमतिय राजनीतिको कार्यदिशालाई अघि बढाएका छन् ।

दुई तिहाइ बहुमतको समर्थनमा सरकारको नेतृत्व गरेपछि प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीको सम्वन्ध पार्टीको आन्तरिक जीवन र अन्तर पार्टी सम्वन्ध पनि तिक्ततापूर्ण थियो । स्थायी समितिको बैठकमा अध्यक्ष ओली र माधव नेपालको बिबादले एक ताका दुई नेताबीचको सम्वन्ध पानी बारबारको थियो ।

प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि अध्यक्ष ओलीको सम्वन्ध यति धेरै बिग्रिएको थियो कि देउवाले प्रधानमन्त्री ओलीलाई कर प्रसाद ओली भनेर पनि संवोधन गरेका थिए ।

पार्टीको काम दाहालले र सरकारको नेतृत्व ओलीले गर्ने सहमति बमोजिम दाहालले सम्वन्ध बिस्तार र समस्या समाधानको लागि शुरु गरेको संवादका कारण आफूहरुको भूमिका कमजोर होला कि भन्ने त्रासले नेकपा भित्रका पूर्वएमालेका केही नेतामा त्रास छाउन थालेको छ । ओली सरकारमा वरियताक्रममा दोश्रो नम्वरमा रहेका पूर्वएमाले महासचिव ईश्वर पोखरेल भने दाहालको सक्रियताबाट अत्तालिएर सतर्क हुन थालेका छन् ।

उनले संविधान सभा निर्वाचनमा दुई पटक कांग्रेसका बौद्धिक नेता नरहरि आचार्यले काठमाडौं क्षेत्र नम्वर पाँचबाट पराजित गरेपछि तिल्मिलाएका पोखरेल दुई वर्षअघि भएको संघीय संसदका निर्वाचनमा विजयी भएसँगै अहंमता र महत्वकांक्षा बढेको थियो ।

दुई पार्टीको एकीकरण पछि पार्टीको भावी सैद्धान्तिक कार्यदीशा कस्तो हुने भन्ने विषयलाई लिएर नेकपाका नेताहरु पूर्वएमाले र पूर्वमाओवादीको कित्तामा विभाजित हुँदै गर्दा उनै पोखरेलले जनताको बहुदलिय जनवाद आफूहरुले त्याग गर्नै नसक्ने भनेर पूर्वमाओवादीबाट आएका नेताहरुलाई चिढ्याउने काम गरेका थिए ।

प्रधानमन्त्री ओलीसँग वार्गेनिङ गरेर उपप्रधानमन्त्रीसहित रक्षा मन्त्रालयको जिम्मेवारी लिएका ओलीलाई शक्तिशाली मन्त्रालय दिएमा पदको दुरुपयोग गर्लान भन्ने आशंका थियो । पार्टी संगठनात्मक संरचनाले पूर्णता पाएसँगै पार्टी कमाण्ड सम्हाल्न जिम्मेवारी पाएका दाहाले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोग गठन गरी द्धन्द्धको समस्यालाई समाधान गर्ने उदेश्यले विपक्षी दलका नेता शेरबहादुर देउवासँग विहीबार गरेको भेटघाटले दूरगामी र महत्वपूर्ण सन्देश दिएको छ ।

सहमति, सहकार्य र एकताको माध्यमबाट नै देशका सबै समस्यालाई संवोधन गर्न सकिन्छ भन्ने स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्कूलिङ पाएका दाहालले आफू कार्यकारी अध्यक्ष भएर त्यही संस्कारित व्यवहार प्रस्तुत गर्न थालेका छन् । दाहाल र देउवाबीचको छलफलमा सभापति देउवाले संविधानको मर्म र भावना विपरित विपक्षी दललाई किनारामा राखेर वा सहभागिता विना नै संवैधानिक अंगका प्रमुख र पदाधिकारीमा नियुक्त गरिएको घटनाप्रति असन्तुष्टी जनाएका थिए ।

देउवाको गुनासोलार्य संवोधन गर्ने लाइनमा पुगेका दाहालले मंसिर १४ मा भएको उपनिर्वाचनमा पार्टीले आशतित सफलता प्राप्त नगरेको विषयमा आफूले गहिरो अध्ययन गरिरहेको जनाएका थिए । दाहालले उपनिर्वाचनको परिरणामको विषयमा प्रतिवेदन केन्द्रमा बुझाउन निर्देशन दिएकै दिन देउवासँग भेट गर्न देउवा निवास बुढानिलकण्ठ पुगेका थिए ।

उपनिर्वाचनमा पूर्वमाओवादीको तर्फबाट उम्मेदवार भएकाहरुलाई छानीछानी हराउनको लागि अन्तरघात भएको महसुस गरेका दाहालले राजनीतिक परिस्थितिले कोल्टे फेरेमा कांग्रेससँगको सहकार्यलाई समेत अघि बढाउनु पर्ने धरणा राखेका थिजए । सहकार्यका लागि भन्दै दैडधुप गरिरहेका दाहालको अभियानलाई ओलीले ठीक लगाउलान कि चुपचाप बस्लान भन्ने हेर्न केही महिना भने कुर्नु पर्ने देखिन्छ ।

सम्बन्धित समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
  • २०७६ मंसिर २३, ०६: ४६

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७६ मंसिर २३, ०६: ४६

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७६ मंसिर २३, ०६: ४६

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...