बालकको उपचारमा लापरवाही गर्ने कान्ति अस्पतालाई ३० लाख क्षतिपूर्ती तिर्न सर्वोच्चको आदेश – Naya Bikalpa
November 18, 2026, Wednesday      Epaper

बालकको उपचारमा लापरवाही गर्ने कान्ति अस्पतालाई ३० लाख क्षतिपूर्ती तिर्न सर्वोच्चको आदेश

काठमाडौं। कान्ति बाल अस्पतालले एक बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापरबाही गरेको मुद्दामा सर्वोच्च अदालतले ३० लाख क्षतिपूर्ति दिन आदेश दिएको छ।

न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले श्वासप्रश्वासमा समस्या भएर कान्ति बाल अस्पतालको इमर्र्जेन्सीमा उपचार गर्न लगिएका ८ महिनाका बाल आलोक बराललाई गलत खोप दिएको भन्दै उक्त रकम भराउन आदेश गरिएको हो।

पीडित बालक बुबा ध्रुवकुमार विश्वकर्माले अर्कै बालकका लागि तयार पारिएको मेनेन्जाइटिस मलेरियाको खोप आफ्नो बच्चामा लगाउँदा उनको स्वास्थ्यमा क्षति पुगेको भन्दै उजुरी गरेका थिए। २०७३ साल असार २२ गते ती बालक उपचारका लागि कान्ति अस्पतालको इमर्जेन्सीमा पु¥याइएका थिए।

त्यही राति शम्भु विक नामका अर्कै बालकका लागि तयार उक्त खोप आलोकलाई लगाइएको थियो। त्यसपछि बच्चामा सास फेर्न गाह्रो हुनु, दिसा, पिसाब चुहिनु जस्ता लक्षणहरु देखिएको थिए।

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंको तर्फबाट डा आयुष्मा रेग्मीले तयार गरेको प्रतिवेदनअनुसार ती लक्षण मेनेन्जाइटिस मलेरियाको खोपको साइड इफेक्टबाट देखिने भनिएको थियो, अदालतले सोही दाबी प्रमाणित हुने अदालतको ठहर गरेकोछ।

‘सो लक्षणहरु इन्जेक्सन मोन्टाजको साइड इफेक्टको लक्षणसँग मिलेको पाइयो। यसरी अस्पतालको लापरवाहीका कारण गलत औषधीको अधिक मात्रा प्रयोग गरी ८ महिनाको बच्चाको ज्यान नै जान सक्ने गरी आजीवन शारीरिक तथा मानसिक लगायतका असर परेको देखिँदा निज पीडित बालकलाई अस्पतालबाट क्षतिपूर्ति भराई दिनुपर्ने अप्रत्यक्ष दायित्व सिर्जना भएको देखियो’ आदेशमा भनिएको छ।

अस्पतालको लापरबाहीबाट बच्चाको स्वास्थ्यमा असर पुगेको बताउँदै जिल्ला क्षतिपूर्ति समिति काठमाडौंले १५ लाख रुपैयाँ अस्पतालले क्षतिपूर्ति दिनुपर्ने निर्णय गरेको थियो। तर त्यस निर्णयप्रति चित्त नबुझेपछि पीडित वालका बुवा जिल्ला, उच्च हुँदै मुद्दा सर्वोच्च अदालतसम्म पुगेका थिए।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
  • २०८० श्रावण १२, १७: ०१

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...

काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा
काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा
  • २०८० श्रावण १२, १७: ०१

काठमाडौं । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । श्रेष्ठले...

त्रिभुवन विमानस्थलबाट १ किलो ८०३ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ
त्रिभुवन विमानस्थलबाट १ किलो ८०३ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ
  • २०८० श्रावण १२, १७: ०१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १ किलो ८०३ ग्राम सुनजस्तो देखिने पदार्थसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।...