राष्ट्रिय सभाको १८ सिटमा सबै गुमाउँदै कांग्रेस – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

राष्ट्रिय सभाको १८ सिटमा सबै गुमाउँदै कांग्रेस

खुम्चिएर ६ सिटमा सीमित हुने

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आगामी फागुन २० गतेदेखि संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा ६ सिटमा सिमिति हुने भएको छ । राष्ट्रिय सभाको २ वर्षे कार्यकाल समाप्त हुने १९ सदस्यमध्ये नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सात सांसदको कार्यकाल सकिन लागेको हो ।

माघ ९ गते हुने निर्वाचनमा कांग्रेसले १८ मध्ये १६ सिटमा प्रतिष्पर्धा गर्दैछ । तर, आफूले दुई वर्षअघि जितेको सिट समेत कांग्रेसले सुरक्षीत गर्न नसक्ने भएको छ । प्रदेश २ मा नेकपापछि दोश्रो दलको हैसियतमा रहेको कांग्रेसले दुई वर्षअघिको निर्वाचनमा गठबन्धन गरेको समाजवादी र राजपासँगको सहकार्यलाई निरन्तरता दिन नसक्दा यो प्रदेशबाट सुरक्षीत गर्ने दुई सिट पनि गुमाउने स्थितिमा पुगेको हो ।

पुस ७ गते मात्रै सत्ताबाट बाहिरिएको समाजवादी पार्टी नेपालसँग प्रदेश नं. २ मा हुने चार सिटमध्ये २ सिटमा कांग्रेसले सहकार्य गर्ने निर्णय गरेको छ । तर राजपाले सत्तारुढ नेकपासँग गठबन्धन गर्ने निर्णय गरेपछि कांग्रेसको सम्भावित विजय पनि टाढा पुगेको हो । समाजवादीसँग सहकार्य र गठबन्धन गरेपनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीसँग राष्ट्रिय जनता पार्टीले सहकार्य गरेको छ ।

सत्तारुढ नेकपा र राजपाको बहुमत रहेको प्रदेश नं २ मा समेत कांग्रेसले आफ्नो पकड गुमाउने स्थिति आएको छ । माघ ९ गते हुने निर्वाचनबाट सर्वाधिक फाईदा सत्तारुढ नेकपालाई हुने देखिन्छ । नौ जना सांसदको कार्यकाल सकिए पनि नेकपाले १९ मध्ये १७ सिट जित्ने लगभग निश्चित छ । नेकपाले १८ मध्ये दुई सिटमा राजपाका उम्मेदवारलाई प्रदेश नम्वर २ मा समर्थन गरेको छ भने वाँकी १६ सिटमा एक्लैले जित्ने सम्भावना छ ।

खाली भएको एक सिटमा पनि सत्तारुढ नेकपाको नेतृत्व रहेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने संवैधानिक व्यवस्था छ । एक सय ८ स्थानीय तह रहेको प्रदेश २ मा नेकपाका स्थानीय तहका एक सय १५ र राजपाका ७६ जना मतदाता छन् । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा जिल्ला समन्वय समितिका पदाधिकारी र सदस्य, प्रदेश सभासद् र स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष मतदाता हुने गर्छन ।

कांग्रेसले गुमाउने सिट
प्रदेश नं १ को महिला कोटामा कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रमुख सचेतक सरिता प्रसाई सांसद विजयी भएकी हुन । सो सीटमा नेकपाबाट उम्मेदवार भएकी इन्दु गौतम विजयी हुने सम्भावना छ । प्रदेश–२ को महिला कोटामा कांग्रेसबाट मुक्ताकुमारी यादव विजयी भएकी थिइन् । अव सो सीटमा नेकपाकै तुलसा दाहालको पक्षमा पल्ला भारी हुने सम्भावना छ ।

प्रदेश नं ३ को महिला कोटामा कांग्रेसकी धनकुमारी खतिवडा विजयी भएकी थिइन् । तर अव सो कोटाबाट यसपटक पूर्व शिक्षा मन्त्री स्वर्गीय धनीराम पौडेलकी धर्मपत्नी गंगा बेल्बासे उम्मेदवार भएकाले उनल जित्ने सम्भावना छ । यसअघि कांग्रेसका संसदीय दलका नेता सुरेन्द्र प्रसाद पाण्डे गण्डकी प्रदेशबाट अन्य कोटाबाट बिजयी भएका थिए ।

तर सो कोटामा यस पटक उम्मेदवार बनेका नेकपा सचिवावलय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ सांसद हुने सम्भावना छ । कांग्रेसकी विन्दादेवी आले राना गण्डकी प्रदेशको महिला कोटाबाट सांसद भएकी थिइन् । तर यो पटक सोही कोटाबाट नेकपाकी भगवती न्यौपाने उम्मेदवगार दिएकी छन् । त्यहाँ पनि न्यौपानेकै सम्भावना छ ।

प्रदेश–५ बाट अन्य कोटाबाट नेकपाले गोपाल भट्टराईलाई उम्मेदवार बनाएको छ । जहाँ उनको विजयी हुने निश्चित प्राय छ । जहाँ कांग्रेसका दुर्गाप्रसाद उपाध्याय यसअघि विजयी भएका थिए । सुदुरपश्चिम प्रदेशबाट यसअघिको निर्वाचनमा कांग्रेका केन्द्रीय सदस्य बद्री प्रसाद पाण्डेल अन्य पुरुष कोटामा विजयी भएका थिए ।

तर, यस पटक नेकपाले सोही कोटामा तारामान स्वारलाई उम्मेदवार बनाएको छ । जहाँ स्वाँर विजयी हुने सम्भावना छ । राष्ट्रिय सभामा कांग्रेसका हाल १३ सांसद रहेका छन् । संसदीय दलको नेता सुरेन्द्र प्रसाद पाण्डे, प्रमुख सचेतक सरिता प्रसाईंसहित सात जना सांसदको कार्यकाल यही फागुन २० गतेदेखि समाप्त भएसँगै ५९ सदस्यीय राष्ट्रिय सभामा कांग्रेका ६ जना मात्र सदस्य रहने छन् ।

कांग्रेसका वाँकी ६ जना सांसदमध्ये राधेश्याम अधिकारी र तारादेवी भट्टको कार्यकाल पनि ४ वर्षे मात्र छ । दुई वर्षपछि कांग्रेसको माथिल्लो सदनमा ४ जनामा सिमित हुने सम्भावना रहेको छ । प्रदेश नम्वर २ मा उपेन्द्र यादव नेतृत्वको तत्कालिन संघीय समाजवादी फोरम (हाल समाजवादी) र राजपासँग गठन बन्धन गरेर कांग्रेस, समाजवादी र राजपाका सबै ८ जना सर्वसम्मतले विजयी भएका थिए ।

दुई वर्षअघि भएको निर्वाचनमा २ नम्वर प्रदेशमा गठबन्धन गरेका तीन दल कांग्रेस, राजाप र समाजबादीबी फरक मोर्चाबन्दी भएपछि २ नम्वर प्रदेशमा सत्तारुढ नेकपाले यो निर्वाचनमा खाता खोल्ने सम्भावना देखियो ।

सम्बन्धित समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
  • २०७६ पुष २९, ०९: ५८

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७६ पुष २९, ०९: ५८

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७६ पुष २९, ०९: ५८

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...