
काठमाडौं । नेपाली कांग्रेसकी सांसद तथा पार्टी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले बैदेशीक रोजगारीका क्रममा विदेश रहेका कतिपय नेपाली कोमामा रहेको भन्दै उनीहरुलाई उद्धार गरी नेपाल ल्याउनु पर्ने भन्दै सार्वजनिक महत्वको प्रस्ताव प्रतिनिधिसभा समक्ष दर्ता गराएकी छिन् ।
सांसद सञ्जय गौतम र सांसद रामबहादुर विष्ट समर्थक बसेको सो सार्वजनिक महत्वको प्रस्तावमा रोजगारीका लागि विदेश गएका दुई दर्जनभन्दा धेरै युवाहरू विदेशको अस्पतालमा कोमामा वर्षौंदेखि रहेकाले उनीहरुको उद्धार गर्न माग गरिएको छ ।
प्रस्तावमा कोमामा रहेका नेपाली युवाको उचित उपचार र अवस्था हेरेर आश्रित परिवारलाई आर्थिक सहयोग र रोजगारीको अवसर प्रदान गर्न गरिएको छ । ४० लाखको संख्यामा नेपाली युवाहरू रोजगारीका लागि विदेशका शहरहरूमा पुगेको अनुमान गरिन्छ ।
विगत एक दशकमा ७ हजार ३ सय ९० जना नेपाली युवाले आफ्नो प्राण विदेशमा त्याग्नु परेकोे भन्दै प्रस्तावमा रोजगारीकै क्रममा हुने अकाल मृत्युवरण न्यूनिकरणका लागि राज्य पक्षबाट भएका प्रयासहरु राज्यले जानकारी दिनुपर्ने बताइएको छ । ‘वैदेशिक रोजगार ऐन २०६४ को पूर्वस्वीकृति तथा कामदार छनौट प्रक्रियामा भएको व्यवस्था विपरीत नेपाली कामदार पठाउँदा पनि संकट सिर्जना हुने गरेको छ । अर्कोतर्फ, अवैध बाटो हुँदै विदेश यात्रामा जानेहरूको ताँतीले थप समस्या निम्त्याएको छ ।
वैदेशिक रोजगारी मुलुकको समृद्धिका लागि सर्वकालीन विकल्प कदापि हुन सक्दैन । बरु मुलुकभित्र रोजगारीका अथाह सम्भावनालाई खोजेर रोजगारीको दीर्घकालीन प्रबन्धतर्फ नेपाल सरकार लाग्नुपदर्छ’ प्रस्तावमा भनिएको छ ।
उनीहरुको प्रस्तावमा वैदेशिक रोजगारीमा जाँदा समस्या परेको युवाहरुलाई प्रदान गरिने राहत प्रभावकारी र व्यवस्थित बनाउन, सरोकारवाला तथा सर्वपक्षीय छलफलमार्फत वैदेशिक रोजगारीका तमाम समस्याहरूको दीर्घकालीन समाधान खोज्न र नेपाल सरकारले हालै वैदेशिक रोजगारीका लागि मलेशिया सरकारसँग गरेको सम्झौता अनुसार शून्य लागतमा नेपाली कामदारलाई मलेशिया पठाउन सरकारले नै मलेशियाली कम्पनीहरूसँग सिधा सम्वादमार्फत रोजगारी सुनिश्चित गर्न माग गरिएको छ ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना...
काठमाडौं : देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।...