आत्मसमर्पण गराउने चेष्टा नगर्न सरकारलाई जनार्दन चेतावनी – Naya Bikalpa
October 25, 2026, Sunday      Epaper

आत्मसमर्पण गराउने चेष्टा नगर्न सरकारलाई जनार्दन चेतावनी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले सरकारले आफ्नो चरित्र हत्या गर्ने र तर्साउने उदेश्यले उपप्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेलले नेपाल ट्रष्टबाट स्वेत पत्र जारी गरेको आरोप लगाएका छन् ।

शर्माले आफूले २०७४ साल असोज ३० गते गृहमन्त्रीबाट राजिनामा दिएको तर नेपाल ट्रष्टले स्वेत पत्र भन्दै सार्वजनिक गरेको विवरणमा २०७४ कात्तिक १३ गते गृहमन्त्री हैसियतले आफूले निर्णय गरेको भनी झुटो विवरण सार्वजनिक गरेको आरोप लगाए । ‘म गृह मन्त्री नै छैन, मैले कसरी गृह मन्त्रीको हैसियतले नेपाल ट्रष्टको विषयमा निर्णय गरेँ ?’, प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर शर्माले भने, ‘तर मलाई के तर्साउन खोजिएको हो ? मलाई आत्मसमर्पण गराउन खोजेको हो ? म आत्मसमर्पण गर्ने मान्छे होइन ।’

नेकपा एमाले र नेकपा माओवादीबीच एकीकरण गर्नको लागि तत्कालिन गृहमन्त्रीको हैसियतले समन्वयको भूमिका खेलेका शर्माले प्रधानमन्त्री केपी शर्मा ओली र उनी नेतृत्वको सरकारका मन्त्रीहरुको क्रियाकलाप अविश्वस्नीय भएको टिप्पणी गरे ।

उनले सरकारका मान्छे र आफूबीच विश्वासको संकट हुने गरी नेपाल ट्रष्टको स्वेत पत्रमा आफूलाई चरित्र हत्या गर्ने सुनियोजित षडयन्त्र गरेको अरोप लगाए । तत्कालिन गृह सचिव तथा हालका मुख्यसचिव लोकदर्शन रेग्मीले मेरो संलग्नता नभएको, कुनै फायलमा हस्ताक्षर नगरेको भनदै आफूले ट्रष्टलाई पनि सोही जानकारी दिएको बताउँदा पनि जोर जवजस्ती आफ्नो नाम राखिएको भन्दै आपत्ति जनाए ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वास पात्र समेत रहेका शर्माले सकारात्मक रुपमा अघि वढेको सरकारको साथिलाई सहयोग गर्दा गर्दै ममाथि यस्तो षडयन्त्र किन गरियो होला भनी जिज्ञासा राखे । शर्माले नेपाल ट्रष्टले हालसम्म कानून देखाएर गरिएका सबै सम्झौतालाई रद्ध गरी सबै सम्पति फिर्ता गरी नयाँ ढंगले सम्झौता गर्न माग गरे ।

स्वेत पत्रमा झुटो विवरण ल्याउने काम भएकोले त्यसलाई अश्वेत पत्र भनी नामकरण गर्नु पर्ने सुझाव दिए । नेपाल ट्रष्टले थामसेर्कुसँग सम्झौता गरी लिजमा सम्पति दिन निर्णय गर्दा आफूले कहाँ हस्ताक्षर गरेँ भनेर तथ्य खोज्दा ट्रष्टका कर्मचारीले माइन्युट नदिएको वताए ।

शर्माले सरकार दलालको घेराबाट मुक्त हुनुपर्छ भन्ने मान्यता राखेकै कारण चरित्र हत्या गर्ने वा दोषारोपण गर्न खोजेको भन्दै आफू कसैको सामू आत्मसमर्पण गराउने कुचेष्टा नगर्न चेतावनी दिए ।

सम्बन्धित समाचार

बागमती सफाइ अभियान जारी
बागमती सफाइ अभियान जारी
  • २०७६ फाल्गुन १९, ०७: १७

काठमाडौं : ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियान शनिबार पनि जारी रह्यो...

एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
  • २०७६ फाल्गुन १९, ०७: १७

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
  • २०७६ फाल्गुन १९, ०७: १७

चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...