जेलभित्र शान्त छन् बम्जन – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

जेलभित्र शान्त छन् बम्जन

काठमाडौं । बाल यौन शोषण सहितका अभियोग लागेका कथित ‘तपस्वी’ रामबहादुर बम्जनले आफु जेलभित्र अभ्यस्त हुन थालेको बताएका छन् । महोत्तरीको जलेश्वर कारागारमा योग ध्यान सुरु गरेसँगै उनले जेलभित्रै एडजस्ट हुन लागेको प्रतिक्रिया दिएका हुन् ।
कारागार प्रशासनका अनुसार उनले बिहान बेलुका आफू सुत्ने बिछ्यौनामा योग र ध्यानलाई जारी राखेका छन् । जेल प्रशासनले अन्य कैदीबन्दीकै कोठामा बम्जनलाई सुत्ने ओछ्यान भने अलग्गै व्यवस्था गरि दिएको छ । जेलभित्र उनी शान्त देखिन्छन् ।
अन्य कैदीबन्दीसँग सामान्य कुराकानी गर्छन् । बिहानको खानेकुरा भने उनलाई आफन्तले लगिदिने गरेका छन् । साँझ भने मेसमै पाकेको सात्विक भोजन लिने गरेका छन् । उनकालागि बेसार, लसुन, प्याँज नराखिएको खाना जेल भित्रै पाक्ने गरेको छ ।

जेलभित्र रहेका अन्य जोगीका लागि बनाइने खाना उनलाई साँझमा दिइने गरेको जेल प्रशासनले बताएको छ । बम्जनलाई भेट्न जानेहरुका अनुसार उनी जेलभित्र एडजस्ट भएका छन् ।
उनले योग, ध्यान र अन्य गतिविधिको कार्यतालिका बनाएर दैनिकीलाई सहज बनाउन थालेका छन् । बम्जन रहेको जेलमा अहिले ६ सयभन्दा बढी कैदी रहदै आएका छन् ।

 

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० पुष २९, १०: ४६

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० पुष २९, १०: ४६

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० पुष २९, १०: ४६

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...