
काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा अब सात दल मात्रै गठबन्धनमा हुने भएका छन् । सिके राउत नेतृत्वको जनमत पार्टी बाहिरिएको छ । माघ ११ गते हुन लागेको १९ सिटको निर्वाचनमा सत्तारुढ सात दलले आइतबार संयुक्त अपील जारी गरे पनि जनमत पार्टीका अध्यक्ष राउतले हस्ताक्षर गरेनन् ।
गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, नाउपा र जनमोर्चासमेतको साझा अपील निकालेका थिए । जनमत पार्टीले आसन्न निर्वाचनमा गठबन्धनसँग एक सिट माग गरेको थियो, तर गठबन्धनका अन्य दललाई नै भाग नपुगेपछि जनमतले सिट पाएन ।
गठबन्धनमा भागबन्डा नगरेपछि जनमतले लुम्बिनी प्रदेशको अन्य क्लस्टरमा बालगोविन्द चौधरी र मधेस प्रदेशको अन्य क्लस्टरमा रामशंकर महासेठलाई उम्मेदवार बनाइएको छ । जनमतले मधेश र लुम्बिनीबाहेक अन्य प्रदेशमा आफ्ना उम्मेदवार उठाएको छैन ।
आफूहरू राष्ट्रिय पार्टी भए पनि एक सिट पनि नदिइएको भन्दै जनमतका अध्यक्ष सिके राउत सत्ता गठबन्धनका अन्य दलसँग असन्तुष्ट छन्। जनमत पार्टी प्रचण्ड नेतृत्वको सरकारमा सुरुदेखि नै सामेल, तर असन्तुष्ट रहेको दल हो ।
जनमतबाट पहिलो चरणमा उपाध्यक्ष अब्दुल खान खानेपानीमन्त्री बनेका थिए । तर मन्त्रालयमा चित्त नबुझेपछि दुई महिनामै जानमतले आफ्ना मन्त्री फिर्ता बोलाएको थियो ।
हाल जनमतबाट सचिव अनितादेवी साह संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री छन् । राष्ट्रिय सभा निर्वाचनका लागि मात्र जनमत गठबन्धनबाट बाहिरिएको हो । अन्य मुद्दामा भने जनमत सत्तारुढ गठबन्धनसँगै छ ।
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...
चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...
कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...