झारफुक गर्ने बहानामा नाबालिग बलात्कारको आरोपमा एकजना पक्राउ – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

झारफुक गर्ने बहानामा नाबालिग बलात्कारको आरोपमा एकजना पक्राउ

बीरगन्ज । झारफुक गर्ने बहानामा १३ वर्षीय नाबालिगलाई बलात्कार गरेको अभियोगमा बारामा एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीको आधारमा शनिबार झारफुक गर्ने एक पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बाराको महागढीमाई नगरपालिका–२ बस्ने ३० वर्षीय आकाश मण्डल जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् । बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले सर्लाहीबाट आएकी नाबालिगलाई झारफुक गर्ने बहानामा बलात्कार गरेको उजुरी पर्नासाथ पीडकलाई पक्राउ गरिएको बताए ।

प्रहरीका अनुसार केही समयदेखि झारफुक गर्ने काम गर्दै आएका मण्डलकोमा झारफुक गराउन पुगेकी बालिकालाई जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका मण्डललाई प्रहरी हिरासतमा राखी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको र आज उनीमाथि म्याद थपको तयारी गरिएको बाराका प्रहरी प्रवक्ता न्यौपानेले बताए ।

सम्बन्धित समाचार

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
  • २०८० पुष २९, १६: ४७

कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०८० पुष २९, १६: ४७

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण हिमाली र पहाडी भूभागमा...

आजका लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि विदेशी मुद्राको विनिमय दर
  • २०८० पुष २९, १६: ४७

काठमाडौं : नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...