
काठमाडौं । नागार्जुन नगरपालिकामा स्वास्थ्य बिमा लागु गरिएकाे छ ।
सोहि पालिकाका नगर प्रमुख मोहन बहादुर बस्नेतको अध्यक्षतामा आइतबार (आज) औपचारिक रुपमा नै स्वास्थ्य बिमा कार्यक्रमको उद्घाटन गरिएको हो । उक्त कार्यक्रममा नगर प्रमुख बस्नेत र उप–प्रमुख शुसिला अधिकारीले स्वास्थ्य बिमा गरि सुभारम्भ गरेका हुन् । अब नगरबासीको घर घरमा गई स्वास्थ्य बिमा दर्ता गरिने बताइएको छ । स्वास्थ्य बिमा कार्यक्रम लागू गर्न पाएकोमा नगर प्रमुख बस्नेतले खुसी व्यक्त गरे ।

उनले भने, ‘स्वास्थ्य जस्तो संवेदनशील विषयमा कसैले पनि खेलबाड र राजनीति गर्नु हुँदैन् । परिस्थितिवस ढिलै भए पनि स्वास्थ्य बिमा कार्यक्रम लागू गर्न पाएका छौँ । यसैमा खुसी छाैँ ।’
कार्यक्रमको प्रमुख अतिथिका रूपमा गुणराज लोहनी र विशेष अतिथिमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. अर्जुन सापकोटा रहेका थिए । यसै गरी कार्यक्रममा स्वास्थ्य बिमा कार्यक्रम बागमती प्रदेश संयोजक जिवलाल खरेल, नगर शिक्षा शाखा प्रमुख एवं उप–सचिव कृष्णबहादुर कुँवर, नगर प्रवक्ता तथा वडा नं. ५ का वडाध्यक्ष महेश रिमाल, रामकोट स्वास्थ्य चौकी प्रमुख डा. हिरा नेपाली र नगरपालिकाका कर्मचारी, वडाध्यक्ष, स्वास्थ्यकर्मी, स्वयंसेवकलगायतको उपस्थित रहेको थियो ।

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सक्नेछन् ।
तर, कस्मेटिक सर्जरी, व्यक्तित झैझगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोट पटक लागेमा, गर्भपतन गरेमा भने यो सेवा पाउनेछैन् । यस्ता उपचारलाई बीमाले समेट्दैन ।
हाल देशका आठ जिल्लामा सञ्चालित यो कार्यक्रम यस आर्थिक वर्षभित्रमा थप १७ जिल्लामा विस्तार गर्ने लक्ष्य रहेको थियो । आठ जिल्लामा कैलाली, बागलुङ, इलाम, म्याग्दी, कास्की, अछाम, बैतडी र पाल्पा रहेका छन् । त्यसैमा हाल नागार्जुन नगरपालिका पनि समावेश भएकाे हाे ।

स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन चाहने पाँच जना सदस्य सहितको परिवारले बीमा शुल्क वापत प्रत्येक वर्ष २ हजार ५ सय रुपैयाँका दरले शुल्क बुझाउनु पर्नेछ । अतिरिक्त सदस्यले ४२५ रुपैयाँका दरले शुल्क बुझाउनु पर्नेछ ।
बीमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बीमा रकम वापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सरकारले अति विपन्न नागरिकलाई शत प्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरीवीको रेखा मुनी रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा रकम बापतको शुल्क तिरिदिने व्यवस्था छ ।

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...
चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...
कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...