काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि १४ जनाले निवेदन दिएका छन् ।
उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले गत ७ पुसमा एक सुचाना जारी गर्दै दरखास्त आह्वान गरेकोमा आइतबारसम्मको म्यादमा विभिन्न क्षेत्रमा क्रियाशील १४ जनाले निवेदन दिएका हुन् ।
मन्त्रालयका अनुसार लोहारपट्टि नगरपालिका–३, महोत्तरीका कमलेन्द्रलाल कर्ण, बुढानिलकण्ठ नगरपालिका–८, काठमाडौंका उत्तरकुमार रेग्मी, भरतपुर महानगरपालिका–१४, चितवनका डा। डोलप्रसाद चापागाई, टोखा नगरपालिका–८, काठमाडौंका सहदेव चन्द, धनुषाधाम–२ का रामदेव यादव र राजबिराज–१३, सप्तरीका संजीवकुमार श्रेष्ठले निवेदन दिएका छन् ।
त्यस्तै मोरङका तीन जना पंकजकुमार दास, माधव रेग्मी र आमोदप्रसाद चौधरीले निवेदन दिएका छन् । टोखा–६, काठमाडौंका दिलिप शेखर श्रेष्ठ, भिमसेन थापा गाउँपालिका–१, गोरखाका चण्डिकाप्रसाद भट्ट, लक्ष्मीपुर–८, दाङका बसन्तकुमार पाण्डे, बाग्लुङ नगरपालिका–९ का डोलिन्द्रप्रसाद शर्मा र ललितपुर महानगरपालिका–२४ का शत्रुध्नप्रसाद पुडासैनी रहेका छन् ।
आयल निगममा ०७५ यता खुल्ला प्रतिस्थपर्धाबाट कार्यकारी निर्देशक छनौट थालिएको हो । मन्त्रालयको वाणिज्य तथा आपूर्ती सचिवको नेतृत्वमा छनौट समिति गठन हुने गरेको छ । सो समितिले निवेदन दिएका उम्मेदवारहरुलाई अन्तरवार्ता र व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरणपछि अन्तिम तीन जनाको नाम मन्त्रिपरिषद्मा पेश गर्ने र तीमध्ये एकजनालाई कार्यकारी निर्देशकको पदमा मन्त्रिपरिषद् बैठकबाट नियुक्त गर्ने प्रावधान छ ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...
काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...
काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...