सर्वोच्चमा रिट दायरःअपांगता मैत्री सडक संरचना बनाउन माग – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

सर्वोच्चमा रिट दायरःअपांगता मैत्री सडक संरचना बनाउन माग

काठमाडौँ । अपांगता भएका व्यक्तिहरूको लागि पहुँच योग्य सडक संरचना बनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

कानुनमा उल्लेख भए अनुसार अपांगता भएका व्यक्तिहरूको लागि पहुँच योग्य सडक संरचना नभएको र भएको संरचनाले पनि हिँड्डुल गर्न सहज नभएको भन्दै कानुुनका विद्यार्थीहरुले रिट दार्ता गरेका छन् ।
सरकार र सरोकारवाला निकायले कानुनी व्यवस्थाको खिल्ली उडाइ सडक संरचना निर्माण गरेको र उक्त गैरकानुनी तवरबाट बनाइएको भौतिक संरचना तत्काल हटाई पहुँचयोग्य निर्माण आवश्यक भएकोले उत्प्रेषण, परमादेश सहितको आदेश माग गरेको रिट दर्ता गर्नेमध्येका एकले बताए ।
सडकपेटीमा अपांगता भएका व्यक्तिलाई हिँड्न सहज छैन । अधिकांश सडकपेटीमा खाल्डाखुल्डी छन् । कतै ह्विलचेयर नै नछिर्ने साँघुरा पेटी छन् । पेटीको बीचमा बिजुलीका पोल भेटिन्छन् । यसले पेटीबाट आउजाउ गर्न साधारण मानिसलाई समेत सकस हुने , यसरी राज्यले नै कानुनको खिल्ली उडाउन पाउँदैन । जसको लागि कानुन बनाइएको हो, त्यो वर्गले अपनत्व ग्रहण गर्न नसक्नु र त्यसबाट लाभ लिन झनै अन्यायूर्ण कुरा रहेको ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक तथा पूर्वाधार मन्त्रालय, सहरी विकास मन्त्रालय, काठमाडौं उपत्यका विकास प्राधिकरण र काठमाडौं महानगरपालिकालाई विपक्षी बनाइएको छ ।

सम्बन्धित समाचार

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
  • २०८० माघ १, १५: ५६

कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०८० माघ १, १५: ५६

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण हिमाली र पहाडी भूभागमा...

आजका लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि विदेशी मुद्राको विनिमय दर
  • २०८० माघ १, १५: ५६

काठमाडौं : नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...