
काठमाडौं । माघे सङ्क्रान्तिको अवसरमा सोमबार मगर र थारु समुदायले टुँडिखेलमा आयोजना गरेको छुट्टा–छुट्टै कार्यक्रममा सहभागी भीडमा चेपिएका १४ जना डिस्चार्ज भएका छन् ।
राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत २ जना अझै चिकित्सकको निगरानीमै छन् । मेडिकल सुपरिटेन्डेन्ट डा।बद्री रिजालले चिकित्सकको निगरानीमा रहेका २ जनाको अवस्था हेरेर आजै डिस्चार्ज गर्ने सम्भावना रहेको बताए ।
महोत्सव स्थलमा प्रवेश गर्ने र बाहिरिनेबीच धकेलाधकेल हुँदा उनीहरू घाइते भएको प्रहरीले बताएको थियो
घाइते हुनेमा १२ वर्षीया त्रिसना मगर, १२ वर्षीया अञ्जना तामाङ, १९ वर्षीया रेजिना घले, १६ वर्षीया निकिता मगर, ३० वर्षीया रेखा चौधरी, १६ वर्षीया अनिसा केसी छन् ।
साथै २५ वर्षीया कल्पना चौधरी, २२ वर्षीया मन्दिरा बस्नेत, ४० वर्षीया मिना थापा, १९ वर्षीया रिजा रेस्मी मगर, २५ वर्षीया निशा राना थापा, २२ वर्षीया निर्मला श्रेष्ठ, २७ वर्षीया रश्मि नेपाल, ११ वर्षीया युनिका बराल, १४ वर्षीया करिश्मा मगर घाइते भएका थिए । प्रहरी जवान पृथ्वी बुढामगर पनि घाइते छन् ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...
काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...
काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...