रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक आज दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार आर्थिक तथा प्रशासनिक नियमावली बैठकबाट पारित गर्ने कार्यसूची छ ।

यस्तै,संगठनको अद्यावधिक,आर्थिक विभागबाट सहकारी, लघुवित्त, बैंक, इन्सुरेन्स, रिइन्सुरेन्स सम्बन्धी भएको अध्ययन, विभागहरूको रिपोर्ट कार्ड लगायतका बारेमा छलफल हुनेछ । समसामयिक विषयसँगै सभापति लामिछानेले घोषणा गरेको विभिन्न २१ वटा आयोजनाहरूमा जिम्मेवारी तोक्ने सन्दर्भमा पनि छलफल गरिने अर्यालले जानकारी दिए ।

रास्वपा बैठकले विभागीय कार्यसञ्चालन नियमावली, केन्द्रीय अनुशासन आयोगले प्रस्ताव गरेको आचार संहिता, घरदैलो कार्यक्रमको रिपोर्ट लगायतका विषयमा पनि छलफल गर्दैछ।

सम्बन्धित समाचार

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
  • २०८० माघ ३, १२: २२

कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०८० माघ ३, १२: २२

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण हिमाली र पहाडी भूभागमा...

आजका लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि विदेशी मुद्राको विनिमय दर
  • २०८० माघ ३, १२: २२

काठमाडौं : नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...