
काठमाडौं । भीड नियन्त्रणका गर्न मेटल बुलेट जस्ता प्राणघातक हतियारको प्रयोग भएकोविरूद्ध सर्वोच्च अदालतमा दर्ता रिटमा आज सुनुवाइ हुँदैछ ।
प्रहरीले भीड नियन्त्रणका लागि घातक हतियार प्रयोग गरेकोविरूद्ध बुधबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटको सुनुवाइका आज न्यायाधीश कुमार चुडालको इजलासमा पेशी परेको छ ।
बालकुमारी घटनापछि प्रहरी प्रमुख वसन्त कुँवर आफैँले भीड नियन्त्रणमा म्याद गुज्रेको हतियारको प्रयोग गरेको स्विकारेका थिए ।
वरिष्ठ अधिवक्ता त्रिपाठीले प्रदर्शनको क्रममा भीड नियन्त्रणमा प्रयोग हुने घातक हतियारको प्रयोगलाई प्रतिबन्धित गर्न माग गरेका छन् ।
भीड नियन्त्रणका लागि अत्यधिक बल प्रयोग एवं हिंसात्मक साधनको प्रयोगलाई वर्जित गर्न पनि उनले माग गरेका छन् ।
व्यवस्थापनका लागि खटिने प्रहरीलाई अहिंसात्मक तौरतरिकाबारे प्रदर्शन व्यवस्थापनका लागि खटिने प्रहरीहरूलाई अनिवार्य प्रशिक्षण दिनुपर्ने माग छ ।
अधिवक्ता त्रिपाठीले रिट निवेदनको टुङ्गो नलागेसम्म निहत्था नागरिकमाथि प्राणघातक हतियार प्रयोग नगर्नू नगराउनू भनी अन्तरिम आदेश समेत माग गरेका छन् ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...