
काठमाडौँ । चन्द्रागिरि नगरपालिकामा विद्युतिय घर नक्सा पास प्रणालीको कार्यक्रम सम्पन्न भएको छ । बुधबार नगरपालिकाको सभा हलमा नगर प्रमुख घनश्याम गिरीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नगर उप-प्रमुख बसन्ती श्रेष्ठ, नगर प्रबक्ता कृष्ण प्रसाद खड्गी, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, पुर्वाधार समितिका संयोजक राजेन्द्र महर्जन, विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य, नगर सदस्य, विभिन्न शाखा प्रमुख, वडा सचिब तथा प्राविधिकहरु लगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा e-BPS बिज्ञ एवं प्रशिक्षक ई. सुरज ओझा, UNDP का प्रतिनिधि बर्षा चित्रकार साथै इनोभेटिभ सोलुसन प्रा. लि. का प्रतिनिधि सुरेश थापाको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रमको शुभारम्भ नगर प्रमुखले केही घर धनीहरुलाई डिजिटल प्रणालीबाट प्राप्त प्रमाण पत्र प्रदान गरेर शुरु गरेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुखले नगरबासीहरुले अब घर नक्सा पास गर्दा झन्झट रहित र पारदर्शी सेवा प्राप्त जानकारी गराए ।
नगरपालिकालाई पूर्ण डिजिटल नगरपालिका बनाउन आफू प्रतिबद्ध रहेको र अब जि पि एस र जि आइ एससहित नगरपालिकाको डिजिटल प्रोफाइल लागू गराउन विशेष पहल गर्ने उनले बताए ।
यस अघि पनि नगर प्रमुख गिरिले जनताको हक र हितको लागि उदाहरणीय कामहरु गर्दै आएका छन् । उनी जनताका माझमा लोकप्रिय जनप्रतिनिधीका रुपमा परिचित छन् ।

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...
काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...
काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...