
काठमाडौँ । दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । शुक्रबार बिहान सु.प.प्र.०२ ००१ ख १०३१ नम्बरको दिवा बस दार्चुलाको महाकाली नगरपालिका ५ खेतेबगर भन्ने ठाउँमा दुर्घटना भएको हो ।
दुर्घटनामा बस चालक सहित १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए । घाइतेलाई जिल्ला अस्पताल दार्चुलामा लगिएको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको सिंहले बताए ।
‘बस सडकबाट २० किलोमिटर तल खसेको छ । गाडीमा १७ जना सवार भनिए पनि १५ जनाको उद्धार गरी जिल्ला अस्पताल पठाइएको छ । सो मध्ये तीन जनाको अवस्था गम्भीर छ । दुई जनाको खोजी भइरहेको छ ।’ दुर्घटनामा घाइते भएकाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...
कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण हिमाली र पहाडी भूभागमा...