
काठमाडौं । बोक्सीको आरोपमा हत्या गरी फरार रहेका अभियुक्त १५ वर्षपछि पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २०६५ असोज २९ गते काभ्रे शिखर आम्बोटे गाउँ विकास समिति वडा नम्बर १ साबिक रोशी गाउँपालिका वडा नम्बर ३ स्थित चमारसिंह मगर भन्ने जनक बहादुर मगरलाई बोक्सीको आरोपमा कुटपिट गरी फरार रहेका दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भतिज नाता पर्ने ४४ वर्षीय टङ्कबहादुर मगर र ४३ वर्षीय सन्तबहादुर मगर रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।
जनकको हत्या गरी फरार रहेका टङ्क र सन्तलाई २०८० पुस २४ गते पक्राउ पक्राउ गरिएको हो । साथै पुस २५ गते सन्तलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत काठमाडौंमा बुझाइए र टङ्कको स्वास्थ्यमा समस्य आएका कारण उपचारपश्चात् आज ९शुक्रबार० आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको प्रहरी उपरीक्ष केसीले बताए ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...