
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय परिषद् बैठकमा सहभागी हुने नेताहरूले दुई बुँदे निर्देशन जारी गरेको छ।
माघ १४ र १५ गते हुने परिषद् बैठकमा सहभागी हुने नेताहरूलाई महासचिव घनश्याम भुसालले निर्देशन जारी गरेका हुन् ।
बैठकमा सहभागी हुन आउनेको पार्टी सदस्यता अनिवार्य रूपमा नवीकरण हुनुपर्ने र बैठकमा सहभागिताको लागि केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटी लगायतका समयमा नै आफ्नो–आफ्नो कार्य क्षेत्रका केन्द्रीय परिषद् सदस्यहरूलाई परिषद् बैठकबारे जानकारी गराउन पनि भनिएको छ ।
बैठकले पार्टीको विधानलाई पूर्णता दिने तयारी गरेको छ । केन्द्रीय समितिको बैठकको निर्णयअनुसार अहिले विधानलाई पार्टीको तल्लो कमिटीमा छलफलको लागि पठाएको छ ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...