दलीय सहमतिमा टीआरसी विधेयकले पूर्णता पाउनेमा प्रधानमन्त्री दाहालको दाबी – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

दलीय सहमतिमा टीआरसी विधेयकले पूर्णता पाउनेमा प्रधानमन्त्री दाहालको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी विधेयक) आगामी संसदबाट टुंगोमा पुग्ने दाबी गरेका छन् । स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँगको भेटमा दलीय सहमतिमा टीआरसी विधेयकले पूर्णता पाउने बताएका हुन् ।

संसद् अधिवेशन आव्हान हुने बित्तिकै टीआरसी विधेयक अघि बढाएर शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउने दाहालको भनाई छ । विधेयक संसदको उपसमितिबाट टुंगो लागेर समितिमा गएको छ । उनले सदन खुल्ने बित्तिकै हाउसमा लगेर प्राथमिकताका साथ टुंगो लगाइने बताए ।

दलीय सहमतिबाटै शान्ति प्रक्रियाले पूर्णता पाउने दाहालको विश्वास छ । फरक प्रसंगमा प्रधानमन्त्री दाहालले सरकारका कामकारबाहीले गति लिन थालेको भन्दै मन्त्रालयले आफ्नो जिम्मेवारीलाई ठिक ढङ्गले पुरा नगरे मन्त्रीमण्डल पुनर्गठन हुनसक्ने दोहो¥याए । यसका लागि आफुले मन्त्रीहरुलाई समेत सचेत गराइसकेको जानकारी दिए ।
उनले नेपालको कर्मचारी संयन्त्र क्षमताको हिसाबले दुनियाँको अन्य कुनै पनि देशको भन्दा कम नभएको तर यहाँका कर्मचारीले आँट लिने सवालमा भने केही कमी महसुस भएको बताए ।
युक्रेन र रुसका सेनामा भर्ती भएर नेपाली युवाले जागिर खाने नाममा युवा स्वयम् गैर जिम्मेवार भएको टिप्पणी गरे । दाहालले जुनसुकै देशको सेनामा ज्यान फालेर भर्ती हुन नहुने र अबका दिनमा युवाहरुलाई स्वयं जिम्मेवार र सचेत बन्न आग्रह गरे ।
युक्रेन र रुसको सेनामा भर्ती भई ज्यान गुमाएकाहरूका विषयमा सरकारले नामको शिखर सम्मेलनमा गम्भीरताका साथ कुरा उठाएको दाहालले जानकारी दिए । मृतक परिवारलाई क्षतिपूर्ति र राहत तथा शव फिर्ता ल्याउने सम्बन्धमा समेत रुसका उपविदेश मन्त्री स्तरमै छलफल भएको प्रधानमन्त्रीले जानकारी दिए ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० माघ ७, १०: ३३

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ ७, १०: ३३

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ ७, १०: ३३

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...