गाडीको हेडलाइट बालेको भन्दै कुटिए गाउँपालिका अध्यक्ष, दुईजना पक्राउ – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

गाडीको हेडलाइट बालेको भन्दै कुटिए गाउँपालिका अध्यक्ष, दुईजना पक्राउ

काठमाडौं । धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले गाडीको पास लाइट बालेको भन्दै कुटाइ खाएका छन् । जनकपुरधाम उपमहानगरपालिका–१९ का अशोक राउत र वडा नम्बर ७ का मियाज अलिले कुटेका हुन् ।

उनीहरू पक्राउ परेको धनुषा प्रहरीका प्रवक्ता एवम् डिएसपी रञ्जन अवालले बताए । अन्य तीनजा भने फरार छन् । उनीहरूको खोजी भइरहेको छ ।

राति गाउँपालिका अध्यक्ष यादव जनकपुरधामस्थित जिरोमाइलमा रहेको आफ्नो घर जाने क्रममा उनीमाथि जनकपुरस्थित तपसी चौकमा कुटपिट गरिएको थियो ।
अध्यक्ष यादवको मोबाइल खोस्ने क्रममा उनको औँला भाँचिएको छ ।
प्रहरी नियन्त्रण रहेका दुई जनासँग घटनाको विषयमा प्रहरीले सोधपुछ गर्दा उनीहरूले आफू बाटोमा जाँदै गर्दा अध्यक्ष यादवले गाडीको पास लाइट बालेको कारणले सामान्य विवाद भएको बताएका छन् ।

 

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० माघ ७, १३: ४१

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ ७, १३: ४१

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ ७, १३: ४१

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...