
काठमाडौं । ललितपुर प्रहरीले पुल्चोक स्क्वायर होटलका संचालकलाई पक्राउ गरेको छ । होटलका सञ्चालकमध्ये ललिता देवकोटा भण्डारीलाई शनिबार पक्राउ गरिएको ललितपुर प्रहरीका एसपी नवराज कार्कीले जानकारी दिए ।
अर्का सञ्चालक रोमी अर्यालको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ । गएको भदौमा जाउलाखेलका सजीलमान शाक्य होटल स्क्वायरमा स्विमिङ गर्दा करेन्ट लागेर बेहोस भएका थिए ।
छोरीको खुसीको लागि ‘स्क्वायर होटेल’को स्वीमिङ पूल पुगेका सजीलमान कसरी पुगे कोमामा ?
सोही विषयमा सजीलका परिवारले प्रहरीमा ज्यान मार्ने उद्योगमा उजुरी दिएका थिए । सोही उजुरी पछि होटल सञ्चालक पक्राउ परेका हुन् । हाल सजीलमान कोमामा पुगेका छन् ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...