
काठमाडौं । सर्वोच्चले शुक्रबार रिटको सुनुवाइ गर्दै स्वास्थ्य जनताको संवेदनशील विषय भएको हुनाले बजेट नरोक्न आदेश जारी गरेको छ । सर्वोच्च अदालतले स्वास्थ्य मन्त्रालयबाट वीर अस्पताललाई प्रदान गर्दै आइरहेको बिरामीको खाना र अक्सिजनको बजेट कटौती नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीशद्वय हरि फुँयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले अर्थ मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा आदेश जारी गरेको हो ।
अधिवक्ता विमल पोखरेलले वीर अस्पतालमा बिरामीको खाजा र खाना कटौती गरिएको भन्दै सो निर्णय कार्यान्वयन रोक्न भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
सरकारले वीर अस्पतालका चालु आर्थिक वर्षको बजेटमा खाना, खाजा र अक्सिजनका लागि बजेट विनियोजन गरेको छैन । जसका कारण अस्पतालले खाना र खाजा कटौती गर्नुपरेको बताएको थियो । वीर अस्पताल मुलुकको सबैभन्दा पुरानो र ठूलो सरकारी अस्पताल हो । यो अस्पतालमा दैनिक १५०० देखि २००० सम्म बिरामी सेवाका लागि पुग्ने गर्छन् ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...