मधेस कृषि विश्वविद्यालयको कार्यक्रम रोक्न सीके राउतका कार्यकर्ताले लगाए ताला – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

मधेस कृषि विश्वविद्यालयको कार्यक्रम रोक्न सीके राउतका कार्यकर्ताले लगाए ताला

जनकपुरधाम । मधेस सरकारले सप्तरीको राजविराजमा स्थापना गरेको ‘मधेस कृषि विश्वविद्यालय’ को भवन शिलान्यास कार्यक्रममा विवाद उत्पन्न भएको छ । भेला भएका जनमत पार्टीका नेता कार्यकर्ताहरूले कृषि विश्वविद्यालयको कार्यालयमा तालाबन्दी गरेका छन् ।

राजविराज नगरपालिका–१३ विषहरियामा विश्वविद्यालय भवनको शिलान्यास जसपा अध्यक्ष जसपाका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएर विश्वविद्यालयले शिलान्यास गर्न लागेपछि उक्त कार्यक्रमबारे जानकारी नभएको भन्दै स्थगित गर्ने निर्देशन दिएका हुन् ।
राजविराजस्थित मधेश प्रदेश कृषि विश्वविद्यालयमा जनमत पार्टीका कार्यकर्ताहरुले आइतबार तालाबन्दी गरेका थिए । उक्त तालाबन्दी पछि मन्त्री यादवले विज्ञप्ति जारी गर्दै कार्यक्रम रोक्न भनेका हुन् ।

कुनै पनि हालतमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि नमान्ने अडानमा जनमतका कार्यकर्ताहरु छन् भने अध्यक्ष यादवलाई प्रमुख अतिथि बनाएर कार्यक्रम गर्ने जसपा कार्यकर्ताहरुको अडान छ ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० माघ ७, १७: ३०

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ ७, १७: ३०

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ ७, १७: ३०

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...