रामेछाप जिल्ला अस्पतालमा पहिलो पटक आइसियु सेवा सञ्चालन – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

रामेछाप जिल्ला अस्पतालमा पहिलो पटक आइसियु सेवा सञ्चालन

काठमाडौँ । रामेछाप जिल्ला अस्पतालमा पहिलो पटक आइसियु सेवा सुरु भएको छ । सो सेवा सुरु भएसँगै गम्भीर प्रकृतिका बिरामीको पनि जिल्लामा नै उपचार सम्भव हुने भएको छ । जिल्ला अस्पतालले आफ्नै पहलमा दुई बेडको आइसियु कक्ष सञ्चालनमा ल्याएको जिल्ला अस्पताल रामेछापले जनाएको छ ।
जिल्लामा आइसियु उपचार कक्ष नहुँदा गम्भीर प्रकृतिका बिरामीलाई उपचारको लागि जिल्ला बाहिर लैजानु पर्ने अवस्था थियो । अब त्यो समस्या हल भएको जिल्ला अस्पताल रामेछापले जनाएको छ । प्रदेश स्तरको रामेछाप अस्पतालले प्रवाह गर्ने सेवा थप गर्दै लगेको छ । जसले गर्दा बिरामीहरूले स्थानीय स्तरमा नै सेवा पाउन लागेका छन् ।

अस्पतालले हाल निःशुल्क रूपमा डायलाईसिस सेवा, चौबिसै घण्टा मेडिकल लिगल सेवा, सामाजिक सेवा इकाई, निःशुल्क एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सञ्चालन गरिरहेको छ । त्यस्तै मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत नसर्ने रोगहरू सम्बन्धी निःशुल्क जाँच, निदात्मक तथा परामर्श सेवा पनि अस्पतालले प्रदान गर्दै आएको छ ।

यसैगरी ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई दन्त सामाग्री निःशुल्क वितरण, हरेक महिनाको अन्तिम बुधबार विशेषज्ञद्वारा मानसिक तथा नशा रोग सेवा सम्बन्धी निःशुल्क जाँच सेवा पनि अस्पतालले प्रवाह गर्दै आएको छ । हरेक महिनाको अन्तिम बुधबार विशेषज्ञद्वारा नाक, कान, घाँटी तथा थाईरोईड रोग सम्बन्धी निःशुल्क जाँच, नवजात शिशुलाई निःशुल्क उपचार व्यवस्थापन, निःशुल्क रूपमा आकस्मिक प्रसूति रेफर तथा निःशुल्क प्रसूतिजन्य शल्यक्रियाको सेवा समेत अस्पतालले प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० माघ ८, १३: ३२

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ ८, १३: ३२

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ ८, १३: ३२

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...