
ललितपुर । सजीलमान शाक्यको न्यायका लागि भन्दै परिवार, आफन्तजन तथा अभियान्ताहरूले जावलाखेलमा प्रदर्शन गरेका छन् ।
गत भदौमा शाक्य होटेल स्क्वायरमा स्विमिङ गर्दा करेन्ट लागेर बेहोश भएका थिए । परिवारले प्रहरीमा यस घटनाको जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले नमानेपछि करिब साढे चार महिनापछि सरकारी वकिल हुँदै जाहेरी प्रहरीमा दर्ता भएको थियो ।
जाहेरी आएसँगै ज्यान मार्ने प्रयास गरेको आरोपमा प्रहरीले स्क्वायर होटेलका सञ्चालक ललिता देवकोटा भण्डारीलाई पक्राउ गरेको छ भने अर्का सञ्चालक रोमी अर्याल भने फरार छन् ।
होटलले स्विमिङ पुल नजिकै जडान गरेको बत्तीको पोलमा करेन्ट सट हुँदा शाक्यलाई करेन्ट लागेको परिवारको दाबी छ । सोही आधारमा परिवारले होटेल सञ्चालकविरुद्ध ज्यान मार्ने प्रयास गरेको आरोपमा जाहेरी दिएका थिए ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...