माओवादी केन्द्रका सचिव पौडेलः स्थायी समिति बैठकबाट प्रदेश इन्चार्जहरूको जिम्मेवारीमा हेरफेर – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

माओवादी केन्द्रका सचिव पौडेलः स्थायी समिति बैठकबाट प्रदेश इन्चार्जहरूको जिम्मेवारीमा हेरफेर

काठमाडौँ । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले आगामी स्थायी समिति बैठकबाट प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर हुने बताएका छन् ।

उनले फेरबदल गर्नुपरेमा प्रदेश इन्चार्ज र प्रदेशमा रहेका केन्द्रीय सदस्यहरूको सहमतिमा जिम्मेवारी तोकिने बताए ।

‘प्रदेश इन्चार्ज स्थायी समितिले तोक्ने, जिल्ला इन्चार्ज र केन्द्रीय सदस्यहरूको जिम्मेवारी पहिलेकै हुने तर आवश्यक हेरफेर गर्नुपरेमा प्रदेश इन्चार्ज र प्रदेशमा रहेका केन्द्रीय सदस्यहरूको सहमतिमा गर्ने जानकारी गराउने ।

उनका अनुसार, विधान अधिवेशन गरी पार्टीलाई फेरि पुनर्गठन गर्ने अभियानमा लाग्ने । पुस २८ गते बसेको स्थायी समिति बैठकले प्रदेश इन्चार्जहरूको कार्यविभाजन विधान अधिवेशनसम्म यथावत् कायम गर्ने निर्णय गरेको थियो ।
जिल्ला इञ्चार्ज र अन्य केन्द्रीय सदस्यहरूलाई अभियानभन्दा पहिलेको यथास्थानको जिम्मेवारीमा पठाउने र कतिपय जिम्मेवारीहरू फेरबदल गर्नुपर्ने भएमा प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरूको बैठकले गर्ने भनिएको थियो । यसअघि साउन तेस्रो साता केन्द्रीय समिति बैठकले इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको थियो।

 

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० माघ ९, १६: ०४

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ ९, १६: ०४

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ ९, १६: ०४

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...