किशोरीलाई सीमा कटाएर भारतीयको जिम्मा लगाउने तीनजना पक्राउ – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

किशोरीलाई सीमा कटाएर भारतीयको जिम्मा लगाउने तीनजना पक्राउ

काठमाडौं । पश्चिम नवलपरासी प्रहरीले मानव बेचबिखन तथा ओसारपसार अभियोगमा ३ जना युवकलाई पक्राउ गरेको छ । जिल्लाको पाल्हिनन्दन गाउँपालिकाको भारतीय सिमावर्ती क्षेत्रबाट दुई जना भारतीय र एक जना नेपाली नागरिक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पाल्हिनन्दन–५ चमेनाटोल घर भई रामग्राम–२ हाटबजार बस्ने २१ वर्षीय कलिम मियाँ, भारत देवरिया थाना बरहजवा बस्ने अरुण मल्ल र भारतको महाराजगन्ज थाना कोतवाली ग्राम बस्ने २८ वर्षीय शैलेश बर्मा छन् ।

प्रहरीको गस्ती टोलीले जाँचका क्रममा कलिम मियाँले लु १८ प ५२६९ नं. को मोटरसाइकलमा बसाली दुई जना किशोरीहरुलाई युपी ५३ डिबी ४८३२ नम्बरको मोटरसाइकलमा सीमा आएका भारतीय दुई युवकलाई जिम्मा लगाइरहेका थिए ।

सो अवस्थामा शंका लागि सोधपुछ गर्दा पीडित दुई किशोरीहरुलाई ललाइफकाई गरी भारतको गोरखपुरतर्फ लैजान लागेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी रेशम बोहराका अनुसार पीडितहरुलाई तत्काल उद्धार गरिएको छ ।

पक्राउ परेका युवकलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० माघ ९, १६: २३

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ ९, १६: २३

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ ९, १६: २३

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...