अध्यागमनको ट्राभल एड्भाइजरीः भारत र बेलायतबाहेक अरू देशको सेनामा भर्ना नहुन निर्देशन – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

अध्यागमनको ट्राभल एड्भाइजरीः भारत र बेलायतबाहेक अरू देशको सेनामा भर्ना नहुन निर्देशन

काठमाडौं । अध्यागमन विभागले भारत र बेलायती सेनामाबाहेक अरू देशको सेना वा सशस्त्र समूहमा भर्ना हुने काम गैरकानुनी र राष्ट्रहित विपरीत भएको सचेत गराएको छ ।

विभागले मंगलबार वेबसाइटमार्फत ट्राभल एड्भाइजरी जारी गर्दै यस्ता काममा जाने व्यक्तिको उद्धार गर्न कठिन हुने भन्दै यसमा संलग्न नहुन अनुरोध गरेको छ ।

पछिल्लो समय रुस युक्रेनलगायतका देशमा धेरै नेपाली भर्ना भएकाले यस्तो सूचना जारी गरिएको हो । त्यहाँ सेनामा भर्ना भएका नेपालीको लागि उद्धारमा कठिनाइ भएको छ ।

साथै भिजिट तथा पर्यटक भिसामा विदेश यात्रा गर्ने नेपालीलाई समयमै फर्किन स्वघोषणा गर्न भनिएको छ । ‘भिजिट भिसामा गएका नेपालीहरू उल्लेखित मितिमा फर्कने गरेको नपाइएकाले असामान्य परिस्थिति बाहेक अन्य अवस्थामा तोकिएको मितिभित्र स्वदेश फर्कनुहोला,’ सूचनामा भनिएको छ, ‘अन्यथा यसबाट सिर्जना हुने अवस्थाका सम्बन्धमा व्यक्ति स्वयं जिम्मेवार हुने हुनाले समयमै स्वदेश फर्कनेछु भनी स्वःघोषणा गरेर मात्र प्रस्थान गर्नु हुन अनुरोध गरिन्छ।’

विदेश जानुअघि उक्त देशको भाषा, संस्कृति र कानुनसम्बन्धी सामान्य जानकारी राखेर मात्र भ्रमण गर्न पनि अनुरोध गरेको छ ।

भिजिट भिसामा नक्कली कागजात, झुट्टा विवरण समेत तयार पारी द्वन्द्वग्रस्त मुलुकसम्म पुगेर अलपत्र पर्ने गरेको भन्दै अध्यागमन विभागले सचेत रहन अनुरोध गरेको छ ।

 

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० माघ ९, १७: ०२

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ ९, १७: ०२

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ ९, १७: ०२

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...