
धनकुटा । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका प्रभवाशाली नेता ज्ञानेन्द्र बहादुर कार्कीले धनकुटामा आयोजित कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै, धनकुटामा रहेका सरकारी कार्यालयहरु धनकुटामानै राख्नका लागी पहल गर्ने बताएका छन् ।
धनकुटाबाट केही कार्यालयहरु अन्य जिल्लामा सार्ने तयारीको चर्चा चुलिए सँगै कार्कीले,‘धनकुटा पहिले देखीनै केन्द्रको रुपमा रहेकोले धनकुटाबाट अन्यत्र कार्यालयहरु सार्ने काम गर्न नहुने र ति कार्यालयहरु धनकुटामानै राख्न पहल गर्ने बताए’।
अहिले कांग्रेस भित्र पूर्ण एकता आवाश्यक रहेकोले एकता भएमा कांग्रेसलाई कुनै पनि शक्तिले हराउन नसक्ने समेत दावी गरे।
कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु,जिल्ला सदस्यहरु भात्तृसंस्था तथा शुवेच्छुक संस्थाहरुका पदाधिकारी तथा कांग्रेसहरुले धनकुटाको विकास र समृद्धीका लागी र धनकुटाबाट केही सरकारी कार्यालयहरु अन्यत्र सार्न लागिएकोले यसलाई रोक्न कार्यालयहरु सार्न नदिन दाबी गरे ।
सो अवसरमा नेपाली कांग्रेसका प्रदेश कार्य समितिका सदस्य नबिन किशोर शाक्य, महासमिति सदस्यहरु सिता प्रधान,सुमना तिम्सिना,महेन्द्र निरौला, गंगा पूर्व सचिव रविन्द्र नेपाली, अग्रज इन्द्र ढुर्गेल ढुंगाना, नेपाल तरुण दलका केन्द्रिय सदस्यहरु तिलक महत,युवराज पराजुली, क्षेत्रिय उपसभापति मिलन खड्गी, नगर सभापति नरेश श्रेष्ठ लगायतले समेत धनकुटा अन्यायमा परेकाले न्याय दिनका लागी पहल गरी दिन समेत कार्की समक्ष अनुरोध गरे।
नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईको अध्यक्षतमा सम्पन्न भएको उक्त कार्यक्रममा संविधान सभाका सदस्य लिला सुब्बा,पाख्रिवास नगरपालिकाका मेयर ज्ञान बहादुर गुरुङ, नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, सहसचिव गिरिजा प्रसाद दाहाल लगायतले धनकुटा अस्पतालको जग्गा प्राप्तीको लागी र स्वास्थ्य बिमाबाट उपचार गराउदा अहिले १० प्रतिशत शुल्क लिन शुरु गरिएकोले यसलाई हटाउन समेत माग गरेका छन् ।
धनकुटामा रहेको प्रदेश स्वास्थ्य निर्देशनालय विराटनगर सार्न लागिएको, तथ्याङ्ग कार्यालय धनकुटाबाट हटाउन लागिएको र पाख्रिवास कृषि अनुसन्धान केन्द्रबाट चिया अनुन्धान लगायतका केही शाखा ईलाम सार्न लागिएकोले नेपाली कांग्रेस धनकुटाकै पहलमा ति कार्यालयहरु धनकुटामानै राख्नका लागि माग सहित विशेष पहलका साथ कार्कीलाई ध्यानाकषर्ण गराउँदै नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले जानकारी दिए ।
कार्कीलाई नेपाली कांग्रेस धनकुटका कोषाध्यक्ष सरस्वती मगर, जिल्ला सदस्य अम्विका धमलाले फुलमाला लगाई दिई सोमबार स्वागत गरेका थिए ।
उक्त आयोजित कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता कार्कीले यस्तो बताएका हुन् ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...