मधेश सरकारबाट बाहिरियो जनमत, समर्थन पनि फिर्ता – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

मधेश सरकारबाट बाहिरियो जनमत, समर्थन पनि फिर्ता

काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टी मधेस सरकारबाट बाहिरिएको छ । मंगलबार मधेस सरकारमा जनमतबाट शिक्षा र श्रममन्त्रीले राजीनामा दिदै सरकारबाट बाहिरिएको घोषणा गरेका हुन् ।

जनमतले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखलाई बुझायेको छ । मधेस प्रदेशमा जनमत र जसपाबीच असमझदारी बढेपछि जनमतले सरकार छोडेको हो ।

सोमबार सप्तरीको राजविराजस्थित कृषि विश्वविद्यालयको भवन शिलान्यास जसपा अध्यक्ष उपेन्द्र यादवले गर्ने भएपछि जनमत रूष्ट बनेको हो । झडप र विरोधका बीच यादवले शिलान्यास गरेका थिए । सोक्रममा प्रहरीसँगको झडपमा मधेसका शिक्षामन्त्री मधेसप्रसाद यादव समेत घाइते भएका थिए ।

जनमत केन्द्र सरकारमा पनि सहभागी रहेको छ । जनमतबाट अनिता देवी संघीय सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेकी छन्

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० माघ १०, १२: ४२

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ १०, १२: ४२

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ १०, १२: ४२

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...