साकेला गाउँपालिका स्वास्थ्यकर्मीलाई पोष्टपेड सिमसहितको स्मार्ट फोन – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

साकेला गाउँपालिका स्वास्थ्यकर्मीलाई पोष्टपेड सिमसहितको स्मार्ट फोन

खोटाङ । खोटाङको साकेला गाउँपालिकाले स्वास्थ्यकर्मीलाई पोष्टपेड सिमसहितको स्मार्ट फोन उपलव्ध गराएको छ ।
स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने लक्ष्यकासाथ गाउँपालिकाले एक आधारभुत अस्पताल, तीन स्वास्थ्यचौकी र तीन सामुदायीक स्वास्थ्य इकाईमा कार्यरत स्वास्थ्यकर्मीलाई सिमसहितको एक–एक थान स्मार्ट फोन प्रदान गरेको हो ।

आकस्मिक रुपमा स्वास्थ्य सम्वन्धी सेवा तथा परामर्श लिनुपर्ने बेला गाउँपालिकाबासीलाई सहज रुपमा स्वास्थ्यकर्मीसँग सम्पर्क गराउने लक्ष्यका साथ स्वास्थ्यकर्मीलाई स्मार्ट फोन उपलव्ध गराइएको गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले बताए ।

स्वास्य संस्थाका हरेक इन्चार्जले चलाउने र इन्चार्ज नभएकोबेला निमित्तको जिम्मेवारी लिने स्वास्थ्यकर्मीले बोक्नेगरी स्वास्थ्यकर्मीलाई स्मार्ट फोन प्रदान गरिएको हो ।

गाउँपालिकाले साकेला आधारभूत अस्पताल रतन्छा, स्वास्थ्यचौकी बाँझेच्यानडाँडा, स्वास्थ्यचौकी खिदिमा, स्वास्थ्यचौकी मात्तिम, सामुदायीक स्वास्थ्य इकाई खिदिमा लगायतलाई फोन प्रदान गरेको हो । सेवाग्राहीलाई अत्यावश्यक समयमा चौबिसै घण्टा स्वास्थ्यकर्मीलाई सम्पर्क गर्नका लागि फोन उपयोगी हुने गाउँपालिका अध्यक्ष राईले बताए ।

गाउँपालिका अन्तर्गतको स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको अन्तरक्रियात्मक कार्यक्रमको अवसरमा निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर राईले स्वास्थ्यकर्मीलाई स्मार्ट फोन हस्तान्तरण गरेका थिए ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० माघ १०, १३: २२

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ १०, १३: २२

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ १०, १३: २२

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...