सशस्त्र प्रहरीद्वारा यात्रु प्रतिक्षालय निर्माण – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

सशस्त्र प्रहरीद्वारा यात्रु प्रतिक्षालय निर्माण

दैलेख । सशस्त्र प्रहरीद्वारा नारायण नगरपालिका–१ स्थित बसपार्कमा निर्माण गरिएको यात्रु प्रतिक्षालय नारायण नगरपालिकालाई हस्तान्तरण गरिएको छ । सशस्त्र प्रहरी बल आश्रित गुल्म दैलेखले २३औँ सशस्त्र प्रहरीको दिवस अवसर पारेर निर्माण गरिएको यात्रु प्रतिक्षालय नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

उक्त यात्रु प्रतिक्षालय निर्माण गरिएपछि दैलेख बसपार्कसम्म दैनिक यात्रा गर्ने सयौं यात्रुलाई सहयोग हुने उद्देश्यले यात्रु प्रतिक्षालय निर्माण गरिएको सशस्त्र प्रहरी बल आश्रीत गुल्म दैलेखका प्रमुख द्रोण ढकालले बताए ।
सशस्त्र प्रहरी बल,नेपाल नं–६ महेश्वरी बाहिनी सुर्खेत लगायत नं–६ मातहतका कार्यालयको समन्वयमा १लाख ५०हजार रुपैयाँ लागत यात्रु प्रतिक्षालयको निर्माण गरिएको उनले बताए ।
दैलेख जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायम राख्नका लागि विगतदेखि नै सशस्त्र प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनले जानकारी दिए ।
शान्ति सुरक्षासहित दैवि विपत्ति लगायतका घटनाहरुमा स्थानीयको साथ र सहयोगबाट अहिलेसम्म काम हुँदै आएको र भोलिका दिनमा पनि साथ र सहयोग रहिरहने सशस्त्र प्रहरी बल आश्रीत गुल्म दैलेख प्रमुख ढकालले राजधानीलाई बताए ।

यात्रुलाई चहलपल गर्ने उदेश्यले यात्रु प्रतिक्षालय निर्माण गरिएको नारायण नगरपालिका दैलेखका उपप्रमुख तप्ता थापाले बताईन् । उनले दैलेखको हरेक बिकासलाई सबैले साथ दिनुपर्ने जानकारी दिइन्।नगरपालिकाले शिक्षा, स्वास्थ्य हरेक बिकाशका गतिबिधीमा अगाडी बढेको समेत उनले बताईन् ।

यस्तै यात्रु प्रतिक्षालयको उद्घाटान गर्दै नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले सशस्त्र प्रहरीले निर्माण गरेको यात्रु प्रतिक्षालयले आवतजावत गर्ने यात्रुलाई ठुलो सहयोग हुने बताए । यो अत्यन्त राम्रो काम भएको भन्दै उनले धन्यवाद दिए ।

सशस्त्र प्रहरीले विपद देखि सामाजिक क्षेत्रमा राम्रो काम गरेको समेत उनले जानकारी दिए । जिल्लामा नयाँ कामको सुरुवात भएको समेत उनले बताए । सर्बधारणको सहजताको निर्माण गरेको यात्रु प्रतिक्षालयले यात्रुहरुलाई ठुलो सहयोग मिलेको स्थानियको भनाई छ ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० माघ १०, १३: २६

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ १०, १३: २६

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ १०, १३: २६

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...