सन् २०२३ मा जापानमा ६३ अर्ब डलर व्यापार घाटा – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper

सन् २०२३ मा जापानमा ६३ अर्ब डलर व्यापार घाटा

टोकियो । जापानको व्यापार घाटा सन् २०२३ मा आधाभन्दा बढीले घटेर अघिल्लो वर्षको तुलनामा ९.२९ ट्रिलियन येन अर्थात् करिब ६३ अर्ब अमेरिकी डलर मा झरेको सरकारी तथ्याङ्कले देखाएको छ ।

कूल निर्यात २.८ प्रतिशतले वृद्धि भई पहिलो पटक १००.८९ ट्रिलियन येनभन्दा बढी पुगेको छ । निर्यात वृद्धि सन् १९७९ देखि रेकर्ड राख्न थालिएपछिकोे सबैभन्दा उच्च स्तर हो ।

कार वा चार पाङ्ग्रे अल्का साधनको निर्यात ३२.७ प्रतिशतले बढेको छ भने निर्माण तथा खानी मेसिनरीको निर्यात १६.२ प्रतिशतले बढेको छ ।

यसैबीच, तेल र ग्यासको मूल्यमा आएको कमीका कारण आयात ७.० प्रतिशतले घटेर ११०.१८ ट्रिलियन येनमा झरेको छ ।

बढ्दो आयात लागत र कमजोर येनको मारमा परेको जापानलाई बलियो निर्यात वृद्धिले आफ्नो व्यापार घाटा कम गर्न मद्दत गरेको छ । लगातार तेस्रो वर्षसम्म व्यापार घाटा भएको क्योदो न्यूजले जनाएको छ ।

डिसेम्बरमा मात्रै निर्यात अघिल्लो वर्षको तुलनामा ९.८ प्रतिशतले बढेको छ भने आयात ६.८ प्रतिशतले घटेको छ ।

सम्बन्धित समाचार

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल
आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल
  • २०८० माघ ११, ११: ५८

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाँउपालिका कप्तानगन्जलगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितीप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक,...

मानसिक स्वास्थ्यलाई शिक्षा नीतिको प्राथमिकतामा राख्न मन्त्री पोखरेलको पहल
मानसिक स्वास्थ्यलाई शिक्षा नीतिको प्राथमिकतामा राख्न मन्त्री पोखरेलको पहल
  • २०८० माघ ११, ११: ५८

काठमाडौं ।  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मानसिक स्वास्थ्यलाई शिक्षा क्षेत्रको महत्वपूर्ण नीतिगत प्राथमिकताका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै...

पर्सा प्रशासनद्वारा वीरगञ्जमा निषेधाज्ञा जारी
पर्सा प्रशासनद्वारा वीरगञ्जमा निषेधाज्ञा जारी
  • २०८० माघ ११, ११: ५८

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी...