हिमालयन रिइन्स्योरेन्स लिमिटेडको अर्को सफलता विश्व विख्यात रेटिङ एजेन्सी एएमबेस्टबाट ‘बी’ प्लस रेटिङ – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

हिमालयन रिइन्स्योरेन्स लिमिटेडको अर्को सफलता विश्व विख्यात रेटिङ एजेन्सी एएमबेस्टबाट ‘बी’ प्लस रेटिङ

काठमाडौं । केहीदिन अघिमात्र भारतबाट पुनर्बीमा व्यवसाय गर्न स्वीकृति पाएको हिमालयन रिइन्स्योरेन्स लिमिटेडको अर्को ऐतिहासिक सफलता विश्व विख्यात रेटिङ एजेन्सी एएमबेस्टबाट ‘बी’ प्लस रेटिङ पाएको छ ।

नेपाल जस्तो दक्षिण एशिया प्रान्तीय राष्ट्रमा स्थापित यस कम्पनीले एएम बेस्टबाट रेटिङ गराएको दोश्रो वर्षमै आफ्नो रेटिङ बी बाट बी प्लसमा स्तरोन्नती गराउन सक्नुलाई अन्यन्तै ठूलो उपलब्धीका रुपमा लिन सकिन्छ । बी प्लस रेटिङले कम्पनीको वासलात अन्यन्त सबल रहेको जनाउँछ ।

स्थापनाको छोटो समयमा नै ३१ वटा देशमा व्यवसाय विस्तार गरी दक्षिण एशियाली क्षेत्रको एक उदाउँदो पुनर्बीमाको छवी बनाउन सफल भएको हिमालयन रिइन्स्योरेन्स लिमिटेडले एएम बेस्टबाट बी प्लस रेटिङ प्राप्त गरेसँगै दक्षिण पूर्व एशिया, मध्य पूर्व, अफ्रिकी तथा युरोप प्रान्तहरुबाट पुनर्बीमा व्यवसाय गर्न ढोका खुल्ला भएको छ ।

यसले कम्पनीको अन्तराष्ट्रिय पुनर्बीमा व्यवसायमा उल्लेख्य वृद्धि हुने कम्पनीले जनाएको छ । यसबाट कम्पनीले राष्ट्रका लागि बहुमूल्य विदशी विनियम आर्जन गर्न उदाहरणीय योगदान गर्नका साथै नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा स्थापना गर्न समेत टेवा पुग्ने आशा कम्पनीले लिएको छ ।

 

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० माघ ११, १३: ०४

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ ११, १३: ०४

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ ११, १३: ०४

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...