राष्ट्रिय सभामा दलहरूको हैसियत फेरियो माओवादी पहिलो हुँदा एमाले तेस्रोमा खुम्चियो – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

राष्ट्रिय सभामा दलहरूको हैसियत फेरियो माओवादी पहिलो हुँदा एमाले तेस्रोमा खुम्चियो

काठमाडौं । बिहीबारको मतपरिणमसँगै राष्ट्रिय सभामा दलीय हैसियत फेरिएको छ । आगामी फागुन २१ पछि राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) पहिलो दल हुनेछ । अहिले पहिलो रहेको दल नेकपा (एमाले) खुम्चिने छ ।

राष्ट्रिय सभामा माओवादीका हाल उपाध्यक्षसहित (एक मनोनीत) १६ सांसद छन् । आगामी फागुन २१ मा ३ जनाको पदावधि सकिने छ । तर, अहिले निर्वाचनबाट ५ जना निर्वाचित हुँदा राष्ट्रिय सभामा माओवादीका १८ सांसद पुग्छन् ।

१९ सिटको मत परिणामले राष्ट्रिय सभाको पहिलो दल एमालेलाई तेस्रो स्थानमा खुम्च्याइदिएको छ । कोशी प्रदेशको महिलातर्फ अनपेक्षित जित हात पारेको एमालेले आगामी फागुन २१ पछि १० जनामा सीमित हुनेछ । अहिले राष्ट्रिय सभामा अध्यक्षसहित एमालेका सांसदको सङ्ख्या १८ छ । राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमले एमालेभन्दा बाहिर छन् ।

यसअघि तेस्रो स्थानमा रहेको कांग्रेस अब दोस्रो स्थानमा पुग्नेछ । निर्वाचनमार्फत २ सिट जितेको नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय सभामा उपस्थिति सङ्ख्या ८ नै कायम हुने छ ।

१९ सांसदका लागि बिहीबार भएको निर्वाचनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको गठबन्धनले १८ सिट जितेको छ । एमालेले कोशी प्रदेशमा एक सीटमै चित्त बुझाउनुपरेको छ । कोशी प्रदेशमा गठबन्धनमा भोट क्रस हुँदा एमालेले एक सीट जिते पनि राष्ट्रिय सभामा सत्तारुढ माओवादी केन्द्र पछाडि एमाले परेको छ ।
बिहीबारको चुनावमा कांग्रेसका १०, माओवादीका ५, एकीकृत समाजवादीका २ र जसपाका १ जना निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० माघ ११, १९: ०२

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ ११, १९: ०२

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ ११, १९: ०२

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...