
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनकारीहरू सामाजिक सद्भाव खलबल्याउन खोजिरहेको बताएका छन् ।
एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रतिगमनकारीहरू जनताको निराशामा खेलिरहेको बताए ।
“मुलुकको वर्तमान अवस्थामा जनताका निराशा र आक्रोशलाई उपयोग गर्दै प्रतिगमनकारी र पश्चगमनकारी विद्यमान व्यवस्था परिवर्तनको नाममा विभिन्न गतिविधि गरेर राजनीतिक अस्थिरता पैदा गराउने र सामाजिक सद्भाव खलबल्याउने अवस्था भइरहेको छ,” नेपालले भने ।
अहिलेको व्यवस्था रक्षाका लागि सबै लाग्नुपर्ने उनको भनाइ थियो। त्यसका लागि न्यूनतम साझा कार्यक्रम अनुसार संविधानको रक्षा र आवश्यकता अनुसार परिमार्जन गर्नुपर्ने नेपालको जोड थियो ।
अध्यक्ष नेपालले सत्तारूढ गठबन्धनको सरकारले जनपक्षीय काम गर्न खोजिरहेको जिकिर गरेका छन् । “गठबन्धन सरकार जनपक्षीय काम गर्ने प्रयत्न गरिरहेको छ,” अध्यक्ष नेपालले भने, “भ्रष्टाचार नियन्त्रण र सुशासन सम्बन्धी काम अझै गर्नुपर्ने आवश्यकता छ।”
यो केन्द्रीय परिषद्को दोस्रो बैठक हो । दुई दिनसम्म चल्ने बैठकले एकीकृत समाजवादीको विधान परिमार्जन गर्ने जनाइएको छ ।
यससँगै बैठकले पदाधिकारी, केन्द्रीय कमिटीका काम, कर्तव्य तथा अधिकारको बाँडफाँड गर्नेछ। पार्टी नेतृत्वका लागि उमेर, कार्यकाल, सङ्गठन निर्माणमा गरेको योगदान लगायत आधारमा मापदण्ड तय गर्ने जनाइएको छ ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...