तीन तहका सरकारबीच रहेका साभा अधिकार बारे छलफल नहुनु दुःखद्ः अध्यक्ष पाण्डे – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

तीन तहका सरकारबीच रहेका साभा अधिकार बारे छलफल नहुनु दुःखद्ः अध्यक्ष पाण्डे

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासङ्घकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले तीन तहका सरकारबीचमा रहेका साभा अधिकारका बारेमा छलफल नहुनु दुःखको भएको बताएकी छन् ।

सोमबार सिंहदरबारमा बसेको कानून, न्याय तथा संसदीय मामिला समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

“तीन तहको सरकारको विधायकी अधिकारहरू व्यवस्थित गर्नको लागि हामी किन अझै ढिलो र अलमल भइरहेका छौँ । तीन तहको सरकारका अनुसूचीहरू फरक–फरक छन् । एकल अधिकारहरु सबैका अनुसूचीमा खुलेको छ,” उनले भनिन् ।

कानून निर्माण गर्ने कुरालाई छिटो, छरितो र प्रभावकारी तरिकाले समयमा ऐनहरू जारी गरेर नागरिकको प्रत्यक्ष सरोकार राख्ने विषयलाई छिटो छरितो ढङ्गले ल्याउनेगरी काम गर्नुपर्ने उनले बताइन् ।

“स्थानीय सरकारको २२ वटा एकल अधिकारहरू छन् । साझा अधिकारहरूको विषय पनि अति महत्त्वपूर्ण छ । सभा अधिकारमा तीनवटै सरकारको छलफलको विषय त्यति धेरै नबनेको देखेका छौँ,” उनले भनिन् ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० माघ १५, १२: ४३

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ १५, १२: ४३

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ १५, १२: ४३

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...