
पोखरा । पोखरा महानगरपालिकाले बाँदर नियन्त्रणको लागि रुख काट्न उर्दी जारी गरेको वडा नम्बर १९ को अभियान रोक लगाएको छ । कांग्रेसबाट निर्वाचित वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले विवादास्पद सूचना जारी गरेपछि महानगरले रोक लगाएको हो ।
तर, महानगरपालिकाबाट कुनै निर्णय नभएको भन्दै रुख काट्ने, फाँड्ने नगर्नु, नगराउन महानगरपालिकाले निर्देशन दिएको हो ।
वडा कार्यालयले सोमबार सूचना जारी गर्दै लामाचौर पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएको भन्दै नियन्त्रणका लागि १० दिनभित्र आफ्नो घर वरपरका रुखहरू कटान गर्न आग्रह गरेको थियो ।
महानगरपालिका मेयर धनराज आचार्यले सामाजिक सञ्जालमार्फत रुख काट्ने, फाँड्ने काम नगर्न निर्देशन दिएको जनाएका छन् ।
उनले लेखेका छन्, “आफ्नो रुख आफैँ काटौँ अभियान’ भनेर रुख काट्न आह्वान गरेको भन्ने सूचना प्रकाशित भएको सन्दर्भमा यस सम्बन्धमा स्थानीय सरकार सञ्चालन ऐनबमोजिम महानगरपालिकाबाट कुनै निर्णय नभएको ले सोसम्बन्धी कुनै पनि कार्य (रुख काट्ने फाँड्ने) नगर्नु र नगराउनुहुन सम्बन्धित सबैलाई जानकारी गराइसकिएको छ ।”
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...