१२ कक्षामा अध्ययनरत विद्यार्थीले गरे त्रिविको वेबसाइट ह्याक – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

१२ कक्षामा अध्ययनरत विद्यार्थीले गरे त्रिविको वेबसाइट ह्याक

काठमाडौं।१२ कक्षामा अध्ययनरत विद्यार्थीले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (पानिका)  बल्खुकाे वेबसाइट  (tuexam.edu.np)ह्याक गरेका छन् ।

काठमाडौंको एक विद्यालयमा कक्षा १२ मा अध्ययनरत रोहित रोकायाले पनिकाको वेबसाइट ह्याक गरेको खुलेको हो ।

मंगलबार राति ह्याक भएको साइट रिडाइरेक्ट भएर रोकायाको फेसबुक अकाउन्टमा पुगेको थियो । साइट ह्याक भएको केही समयपछि उक्त फेसबुक अकाउन्टबाट ह्याक भएकोबारे सूचना दिइएको थियो ।

उक्त अकाउन्टमा लेखिएको छ, ‘हिजोदेखि टीयूले अनलाइन सेवा सुरु गरेसँगै यसले टीयूको वेबसाइटमा अट्याक सर्फेस पनि बढाएको छ यसले गर्दा टीयूको वेबसाइटमा सुरक्षा चुनौती थपिएको छ । अब टीयूले अनलाइन प्रणालीबाट आएका लाखौं कागजपत्रलाई सुरक्षित राख्नुपर्ने हुन्छ ।’

उक्त अकाउन्टमा अब टीयूले कुनै पनि सफ्टवेयर बनाउँदा सुरक्षाको पाटोलाई पनि विशेष महत्व दिन अत्यन्त जरुरी रहेको उल्लेख गरिएको छ । ह्याकर रोकायाले सबैको डाटा सुरक्षित रहेको पनि बताएका छन् ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० माघ १७, १७: २०

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ १७, १७: २०

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ १७, १७: २०

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...