राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब तरलता खिच्दै – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब तरलता खिच्दै

काठमाडौं । बैंकिङ प्रणालीमा अपधिक तरलता भएपनि नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब तरलता खिच्ने भएको छ । बुधबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ३० अर्ब तरलता खिचेको केन्द्रीय बैंकले बिहीबार थप २० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गर्ने भएको हो ।

बुधबार ३० अर्बको निक्षेप संकलन उपकरण परिपक्व भएकोमा बिहीबार २० अर्बको निक्षेप संकलन उपकरण परिपक्व हुँदै छ । त्यसलाई पुनः निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो ।

बुधबार ७ दिनका लागि ३० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल भएकोमा ३१ अर्ब ८० करोडको आवेदन परेको थियो । जसमा बैंकहरुले अधिकतम ३.२४ प्रतिशत र न्युनतम २.६४ प्रतिशत ब्याजदरमा निक्षेप प्रस्ताव गर्दा राष्ट्र बैंकले औसत ३.०३४६ प्रतिशत ब्याजदरमा ३० अर्ब निक्षेप लिएको हो । यसअघि १६ पुस मंगलबार पनि केन्द्रीय बैंकले बैंकिङ प्रणालबिाट २० अर्ब तरलता खिचेको थियो ।

बिहीबार १४ दिनका लागि थप २० अर्ब तरलता खिच्ने भएको हो । बुधबारको निक्षेप संकलन उपकरण बोलकबोलसँगै राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट खिचेको तरलता १ खर्ब १२ अर्ब रहेको छ ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० माघ १८, १२: ३५

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ १८, १२: ३५

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ १८, १२: ३५

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...