चौधरीपछि पक्राउ परे कांग्रेस महासमिति सदस्य अजितनारायण – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper
‘स्पोर्टस’ जुत्ता कारखाना खोल्न लिएको जग्गामा स्कुल

चौधरीपछि पक्राउ परे कांग्रेस महासमिति सदस्य अजितनारायण

काठमाडौं । नेपाल प्रहरीले व्यापारिक घराना चौधरी ग्रुपका सञ्चालक अरुण चौधरीलाई गिरफ्तार गरेको केही समयपछि नै तत्कालिन वाँसवारी छालाजुत्ता कारखाना लिमिटेडका कार्यकारी प्रमुख अजितनारायण थापालाई पनि पक्राउ गरेको छ।

नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका थापालाई कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी भएको घटनामा अनुसन्धान गर्न भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईवी)ले बत्तीसपुतलीबाट उनलाई विहीबार दिउँसो पक्राउ गरेको हो।

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजीकरण हुनुअघि नै सिजी रेसिडेन्सी प्रालिले स्पोर्टस् जुत्ता कारखाना स्थापना गर्ने भन्दै लिएको थियो । हाल सो जग्गामा सिजीले चाँदबाग स्कुलन सञ्चालन गरिरहेको छ ।

नेपाल प्रहरीको सिआईबीले भने कारखानाको जग्गा हडपेको र त्यसमा तत्कालिन कार्यकारी अध्यक्ष थापाले सो जग्गा नामसारी गर्न भूमिका खेलेको भन्दै उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका भाई हुन् । उनी नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा २०४९ देखि २०५१ सम्म कार्यरत थिए ।

आजै सिआईवीले यसअघि चौधरी ग्रुपका अरुण चौधरीलाई पक्राउ गरेको थियो ।

सीआईबीका एसएसपी दिनेश आचार्यको कमाण्डमा बाँसबारी छाला जुत्ता उद्योगको जग्गााका बारेमा अनुसन्धान भइरहेको छ । चौधरी ग्रुपले च्याम्पियन सु फ्याक्ट्रीका नाममा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा लिएको आरोप छ ।

सांसद बिनोद चौधरीलाई जोगाएर अरुण र अजितलाई  पक्राउ गरियो 

विनोद चोधरीको मुख्य सेयर रहेको सिजी चाँदबाग रेसिडेन्सी प्रालिले कारखानाको जग्गा अतिक्रमण गरेको आरोपमा नेपाली कांग्रेसबाट निर्वाचित सांसद बिनोद चौधरीका भाई अरुणलाई सीआइबीले पक्राउ गरेको थियो ।

अरुणकुमार चौधरी सीजी होल्डिङ्स्का अध्यक्ष तथा प्रबन्ध सञ्चालक हुन् । हंगेरीका अवैतनिक महाबाणिज्यदूत समेत रहेका अरुणलाई पक्राउ गरी सिआईबीले सांसद समेत रहेका नेपालका खर्बपति व्यापारी बिनोद चौधरीलाई भने सोधपुछ समेत गरेको छैन ।

२०४८ को गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले आर्थिक उदारीकरण र खुल्ला बजार अर्थनीति अबलम्बन गरेसँगै पहिलो चरणमा भृकुटी कागज कारखाना, हरिसिद्धी  इँटा टायल कारखाना र वाँसवारी छालाजुत्ता कारखाना निजिकरण गरेको थियो ।

तत्कालिन अर्थमन्त्री महेश आचार्यदेखि २०५४का तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापासँग विशेष सम्वन्ध भएका बिनोद चौधरीले वाँसबारी छालाजुत्ता कारखानाको आठ रोपनी जग्गा च्याम्पियन सु फ्याक्ट्रिको नाममा नामसारी गरेका थिए ।

बाँसवारी छालाजुत्ता कारखाना निजीकरण गर्दा भारतको महाराष्ट्रस्थित कानपुरका इदरिस अहमत, मिशवाह उल इस्लाम र जिया उल इस्लामले २ करोड २४ लाख रुपैयाँमा सकारेका थिए । वाँसबारी छालाजुत्ता कारखानाले चर्चेको जग्गामा २०५४ सालमा शहिद गंगालाल हृदय केन्द्र स्थापना भएको थियो ।

सम्बन्धित समाचार

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
  • २०८० माघ १८, १५: ४५

कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०८० माघ १८, १५: ४५

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण हिमाली र पहाडी भूभागमा...

आजका लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि विदेशी मुद्राको विनिमय दर
  • २०८० माघ १८, १५: ४५

काठमाडौं : नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...