गर्भपतनलाई संवैधानिक अधिकार समावेश गर्ने पहिलो देश बन्यो फ्रान्स – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

गर्भपतनलाई संवैधानिक अधिकार समावेश गर्ने पहिलो देश बन्यो फ्रान्स

फ्रान्स । अब फ्रान्समा गर्भपतनलाई संवैधानिक अधिकार बनाइएको छ । फ्रान्स आफ्नो संविधानमा गर्भपतनको अधिकार समावेश गर्ने विश्वको पहिलो देश हो।

फ्रान्सेली संसदका सदस्यहरूले यसका लागि संवैधानिक संशोधनलाई अनुमोदन गरेका छन् । गर्भपतनलाई संवैधानिक अधिकार बनाउन फ्रान्सको सन् १९५८ को संविधान संशोधन गरिएको थियो।

यसबाट महिलालाई गर्भपतन गराउने स्वतन्त्रता दिइएको छ । फ्रान्सको संसदमा यो संशोधनको पक्षमा ७८० मत परेको थियो भने विपक्षमा ७२ मत परेको थियो ।

संशोधन पारित हुनेबित्तिकै संसदका सदस्यहरुले उठेर स्वागत गरेका थिए ।

संशोधन पारित भएपछि राष्ट्रपति इमानुएल म्याक्रोनले यसलाई फ्रान्सका लागि गौरवको विषय भनेका छन् । उनले यो संविधान संशोधनले विश्वलाई सन्देश दिने बताए ।

तर, गर्भपतन विरोधी संगठनहरुले सरकारको यो कदमको विरोध गरेका छन् । रोमन क्याथोलिक चर्चको मुख्यालय भ्याटिकन पनि यसको विरुद्धमा छ।

फ्रान्समा गर्भपतन कानुनी छ । तर, देशका ८५ प्रतिशत जनताले यसलाई संविधानमा ग्यारेन्टी गर्न चाहन्थे।

सम्बन्धित समाचार

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन २२, ११: ३५

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन २२, ११: ३५

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० फाल्गुन २२, ११: ३५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...