ट्रम्पले राष्ट्रपति चुनाव लड्न पाउने सर्वोच्चले गर्यो फैसला – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

ट्रम्पले राष्ट्रपति चुनाव लड्न पाउने सर्वोच्चले गर्यो फैसला

काठमाडौं । अमेरिकी सर्वोच्च अदालतले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनसँग सम्बन्धित अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ठूलो राहत दिएको छ ।

‘न्यूयोर्क टाइम्स’को रिपोर्टका अनुसार सर्वोच्च अदालतका ९ न्यायाधीशको इजलासले कोलोराडो राज्यको अदालतको फैसलालाई उल्टाएको हो ।

सर्वोच्च अदालतले भन्यो, ‘कोलोराडोको प्राइमरी मतपत्रबाट ट्रम्पको नाम हटाउन सकिँदैन । यस निर्णयको अर्थ अमेरिकाका सबै ५० राज्यको मतपत्रमा ट्रम्पको नाम रहनेछ ।’

यसको अर्थ डोनाल्ड ट्रम्पले मंगलबार हुन लागेको अमेरिकी चुनावको प्राथमिक चरणमा भाग लिन सक्नेछन् । यसै दिन उनी रिपब्लिकन पार्टीको मनोनयनमा आउने पक्का हुन सक्छन् । किनभने कोलोराडोसहित १५ अमेरिकी राज्यले प्राथमिक चरणको मतदान गर्नेछन्।

 

सम्बन्धित समाचार

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन २२, १२: २६

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन २२, १२: २६

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० फाल्गुन २२, १२: २६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...