सातदोबाटो–बालकुमारी सडक आजदेखि ६ दिनसम्म राति बन्द हुने – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

सातदोबाटो–बालकुमारी सडक आजदेखि ६ दिनसम्म राति बन्द हुने

काठमाण्डौ। ललितपुरको सातदोबाटो–बालकुमारी सडक खण्ड आजदेखि ६ दिन रातको समयमा बन्द हुने भएको छ।

सातदोबाटो – बालकुमारी सडक खण्डको ग्वार्कोमा निर्माणाधिन फ्लाइओभरको निर्माण कार्यलाई तिव्रता दिन आजदेखि आउँदो मङ्गलवारसम्म रातमा सडक बन्द गर्न लागिएको हो।

राति १० बजेदेखि बिहान ४ बजेसम्म ६ घण्टा सडक पूर्णरूपमा बन्द गरेर निर्माणको काम हुने जनाइएको छ।

२०७८ माघमा सडक विभागले दुई वर्षमा काम सक्ने गरी आरसी समानान्तर जेभीसँग निर्माणको सम्झौता गरेको थियो। तर काममा ढिलासुस्ती भएको भन्दै केही दिनअघि स्थानीयवासीले निर्माण कम्पनीको ध्यानाकर्षणसमेत गराएका थिए।

उनीहरूले आउँदो जेठ मसान्तसम्म काम सक्न ध्यानाकर्षण गराएका छन्। डिजाइन नै गलत भएको भन्दै गएको असारमा रोकिएको काम नयाँ डिजाइन तयार गरेर मङ्सिरदेखि फेरि शुरु भएको थियो।

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८१ बैशाख ६, १४: ४८

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०८१ बैशाख ६, १४: ४८

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...

प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
  • २०८१ बैशाख ६, १४: ४८

काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...