
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका वडा नं. ७ स्थित गोतामथोकमा गोतामे गौतम कुल देवता व्यवस्थापन संघको साधारण, सभा तथा संघको नपा कार्यसमिति चयन भएको छ । उक्त २१ औं साधारण सभामा नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत, उपप्रमुख सुशीला अधिकारी नागार्जन नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष शैलेन्द्र लामालगायत को बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो । दुई सत्रमा चलेको उक्त साधारण सभाले पहिलो सत्रमा वार्षिक आय व्याय, संघको गतिविधी प्रस्तुत गरिएको थियो, भने जेष्ठ नागरिक सम्मान, गोतामे गौतम बन्धुहरुको छोराछोरीले क्भ्भ् मा उत्कृष्ट नम्बर प्राप्त गरेकालाई सम्मान गरिएको थियो । आजीवन सदस्य सम्मान लगायत नाचगान सहित मन्तव्यको कार्यक्रम रहेको थियो भने, दोस्रो सत्रमान नयाँ कार्यसमितिको निर्वाचन तथा मन्तब्यको कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख वक्ताहरु नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत, उपप्रमुख सुशीला अधिकारी, वडा नं. ७ का अध्यक्ष शैलेन्द्र लामा, वरिष्ठ पत्रकार दामोदर प्रसाद दवाडी, पूर्ववडा अध्यक्ष रमेश प्रसाद गौतम, स्थानीय प्रधानाध्यापक शिवहरि खनाल, मुल पुरोहित दीपक प्रसाद पौडेल, महादेव युवा क्लवका अध्यक्ष राजु सापकोटा, संस्थाका कार्यवहाक श्यामकृष्ण गोतामे लगायतले २१ औं साधारण सभालाई सम्बोधन गरेका थिए । संस्था सचिव श्री शिवजी गोतामेले वार्षिक आयव्याय तथा प्रगति विवरण पेश गरेका थिए । जसअनुसार उक्त आ.व. २०७९÷८० मा आम्दानीतर्फ रु.९,१७,८९३ (नौ लाख सत्र हजार आठ सय तिरानब्बे) र खर्च तर्फ रु.५,१३,६६० (पाँचलाख तेह्रहजार ६ सय साठी) भएको र आम्दानी खर्च विवरण अनुसार रु.४,०४,२३३ (चार लाखचार हजार दुई सय तेत्तिस) बचत भएको देखिन्छ ।

आ.व.०७९/८० को वचत रकम ४,०४,२३३/– (चारलाखचार हजार दुई सय तेत्तिस) र गतआ.व. ०७८/७९ को मौज्दात रु. ३३,९७,५६२/– (तेत्तिस लाख सन्तानब्बे हजार सात सय पन्चानब्बे) समितिको नाममा रहेको सचिव श्री शिवजी गोतामेले उपस्थित गोतामे गौतम कुल देवता व्यवस्थापन संघको २१ औं साधारण सभामाउपस्थितभएकाबंधुहरुलाई बताईएको थियो ।

त्यसैगरी अघिल्लो वर्षको साधारण सभामा समर्थन भएको योजना अन्तर्गत हाडीगाँउ निवासी अनिरुद्र गौतमका नाति अभयदेव गौतमका छोरा शुरेश प्रसाद गौतमले आफ्नो स्वर्गीय आमाको नाममा शुद्ध जलभण्डार व्यवस्था गर्न सम्पुर्ण आफ्नै खर्च रु ७,३४,३१९÷१०/–(सात लाख चौत्तिस हजार ६ सय उन्नाइस दस पैसा) लागतमा निर्माण सम्पन्न गरी गोतामे गौतम कुल देवता पुजा व्यवस्था संघलाई हस्तान्तरण गरिी संरक्षकको रुपमा जिम्मा दिएका छन् । उहाँको आस्था, निस्ठा र लगामको लागि समिति कृतज्ञ हुँदै उहाँका स–परिवार प्रतिकुल देवताले सदा कल्याण गरुन् भन्ने सदिक्षा प्रकट गर्दै सुस्वास्थ्य, दिर्घायु, र उत्तारो प्रगतिको कामना गर्दै एक्काइसौं साधारण सभासँगै कुलदेवता पवित्र जल भण्डारण तथा ढुंगेधारा गृहको एक समारोहका बीच प्रमुख अतिथि नागार्जुन नगरपालिकाकाका प्रमुख मोहनबहादुर बस्नेतले उद्घाटन गरेका थिए । उद्घाटीत कुल देवता पवित्र जल भण्डारण तथा ढुंगेधारा गृहको सन्दर्भमा सुरेश प्रसाद गौतमका माता भुवनेश्वरी गौतमको स्मृतिमा नियमित हुने वार्षिक कुलपुजा वा विशेष पुजाहरुमा पवित्र जलबाट गौदान, पुजा संकल्प तथा कुल देवतालाई जलार्पण गराउने महान उद्देश्यले यो जल भण्डारणको भिजन डिजाइन र स्टीमेण्टसहित रकम अर्पण गर्नुभएको थियो ।

भवन निर्माणको लागि २०७२ मंसिर ९ गते वार्षिक कुल पुजामा) नै केही रकम हस्तान्तरण भएता पनि विविध प्राविधिक कारण २०७९ कात्तिक १२ मा मात्र ठेकेदार (धनराज तामाङ्ग)सहित कुल कुल देवता पुजा व्यवस्था संघकका पदाधिकारीको संयुक्त बैठकबाट निर्णय भई निर्मा०ा कार्यको सम्झौता भएको थियो । ठेकेदारको सुस्तताका कारण झण्डै डेढ वर्षको अवरोधपछि मात्र २०८१ चैतको पहिलो हप्तामा रकम रु ७ लाख ३४ हजार ३ सय १९ रुपैयाँ १० पैसाको लागतमा निर्माण कार्य सम्पन्न भएको हो ।

पौरातात्विक कथनअनुसार वर्तमान समयमा नेपाल विविध संस्कृति र पौरातात्विक महत्वका वस्तुहरुको धनी देश भएको र विश्व सम्पदामा पनि अग्रणी पंक्तिमा रहेकोले यो जलभण्डारणको भवनमा पनि अलिकति भए पनि पौरातत्विक झल्को आओस भनेर नरसिंह अवतार र नागीनको बुट्टा कुदिएको टुडाल तथा भक्तपुरे आँखीझ्याल हालिएको छ भने माछाको आकृति भएको दुईवटा ढुंगेधारा जडिएको छ । भित्तामा श्री गणेश लक्ष्मी नारायण र महादेव पार्वतीको कुदिएको ढुंगाको मुर्ति जडिएको छ । जसको मुनिबाट पाइप जडान भई दुईवटा ढुंगेधाराबाट पानी झर्छ । पवित्र जल भण्डारण गृहको माथि कोशीमा २ हजार लिटरको पञ्चकन्या अंकित स्टिलको पानी ट्यांकी जडिएको छ भने तल पट्टी धाराको भत्ताको टायल वरिपरि वास्तुअनुरुप देवी देवताको डिजिटल कलर फोटो अंकित छ ।

प्रमुख अतिथि नागार्जुन नगरपालिका प्रमुख मोहन बहादुर बस्नेतले नगरक्षेत्रभित्र मठमन्दिर, गुठी लगायत सामुदायिक भवन बनाउन आफुले सक्दो सहयोग गरेको र भविष्यमा पनि यस गोतामे गौतम कुलदेवता व्यवस्थापन संघको भवन स्तरोन्नती, शौचालय तथा जलभण्डारको लागि पानीको व्यवस्थापनका लागि आगामी बजेटमा निर्माण गर्ने गरी वडा अध्यक्ष शैलेन्द्र लामामार्फत योजना बनाएर नागरमा समावेश गरी आउँदो वर्ष बाकी भएका निर्माण कार्य पूरा गरी दिने बताए ।
त्यसैगरी उपप्रमुख सुशीला अधिकारीले पनि आगामी वर्ष बजेट विनियोजन गर्न सहयोग गर्ने बताइन् । वडा अध्यक्ष शैलेन्द्र लामाले आफनो वडावासीको चाहनाअनुसार गोतामे गौतम कुल पुजा व्यवस्थापन संघको लागि आगामी वर्षका बजेट विनियोजन गर्नेप्रति प्रतिबद्ध जाहेर गरेका छन् । उक्त गोतामे गौतम कुल देवता पुजा व्यवस्थपन संघको २१ औं साधारण सभाले कृष्ण प्रसाद गौतम –बासबारीको अध्यक्षतामा १५ सदस्यी कार्यसमिति चयन गरेको छ । जसअनुसार उपाध्यक्ष श्यामकृष्ण गौतम –गोतामेथोक), सचिव शिवजी गौतम (गोतामेथोक), कोषाध्यक्ष राजाराम शर्मा गौतम (नैकाप) निर्वाचित भएको छन् भने सदस्यहरुमा गोविन्दहरि गौतम गोतामथो, राममणि गौतम सैंबु, सुमिता गोतामे गोतामथोक, जयराम गौतम धुम्बाराही, बसन्त गौतम बाँसबारी, मिना गौतम लामाटार, बैकुण्ठ गौतम बालाजु, सावित्री गौतम हाँडीगाउँ, दुर्गा गौतम, लुभु, गिता गौतम लुभु, मुस्कान राज गौतम सितापाइला रहेका छन् । –नयाँ विकल्प साप्ताहिकबाट
जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...