कोशीमा मन्त्रालय बाँडफाँटः कसलाई कुन ? – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

कोशीमा मन्त्रालय बाँडफाँटः कसलाई कुन ?

विराटनगर । लामो समयदेखि भागबण्डा नमिलेपछि विवादमा रहेको कोशी प्रदेश सरकारले अन्ततः मन्त्रालय बाँडफाँट टुंगिएको छ । एमालेबाट मुख्यमन्त्रीसहित ६ र माओवादीबाट ४ जनाले मन्त्रिपरिषद्मा सहभागी हुने भएका छन्  श्रोतका अनुसार एमालेबाट एकराज कार्की, लिलाबल्लब अधिकारी र पिके राई मन्त्री बन्ने भएका छन् । त्यसैगरी राज्यमन्त्रीमा सिर्जना राई पक्का भएकी छन् । त्यस्तै माओवादीबाट नारायण बुर्जा मगर र राजेन्द्र कार्की मन्त्री बन्ने पक्का भएको छ भने माओवादीकी वन्दना झाँगडलाई राज्यमन्त्री बनाउने सहमति भएको कोशी प्रदेश मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

मुख्यमन्त्री कार्यालय श्रोतका अनुसार एमालेबाट मन्त्री भएको एकराज कार्कीलाई खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको छ भने पीके राईलाई सामाजिक विकास मन्त्री र लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ । यस अघि नै मन्त्री नियुक्त भएका राम रानालाई भने आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने सहमति जुटेको छ ।

माओवादीबाट मन्त्री भएका गणेश उप्रेतीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, नारायण बुर्जा मगरलाई पर्यटन बन तथा वातावरण मन्त्रालय र राजेन्द्र कार्कीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको छ ।

एमालेबाट राज्यमन्त्री बन्न लागेकी सिर्जना राईलाई मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र माओवादीकी वन्दना झाँगडलाई पर्यटन बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको छ । नवनियुक्त मन्त्रीहरूको शपथग्रहणको आजै बेलुका साढे ४ बजेको समय निर्धारण गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८१ जेष्ठ ४, १७: १४

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८१ जेष्ठ ४, १७: १४

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८१ जेष्ठ ४, १७: १४

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...